News Category 2080/01/29
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक पठाउने कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेश्रो देश पठाई पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेका राज्यधिकारी एवं राजनीतिकर्मी माथी छानवीन गरी दोषि पाइएकालाई कडा कारवाही गर्नु पर्ने माग गर्दै शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो ।
जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साह तथा केन्द्रीय सदस्य जया महतो लगायतको अगुवाईमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा शरणार्थीको नाममा मानव तस्करीमा लागेका सूत्रधारहरुमाथी सुक्ष्म अनुसन्धान तथा कानुन बमोजिम कडा कारवाही हुनु पर्ने माँग गरिएको छ ।
देशको अन्तराष्ट्रिय छवी नै धमिलो हुने गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठित रुपमा राज्य शक्तीको दूरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तराष्ट्रिय जगतमा शिर निहुराउने अवस्थामा पु¥याएको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तो राष्ट्रघाती र देशद्रोही कार्यमा सरिक जुनसुकै तहका ब्यक्ती भएपनि कानूनी दायरामा ल्याई कडा कारवाही हुनु पर्ने ज्ञापन पत्र मार्फत माँग गरिएको छ । ज्ञापन पत्रमा यस अघि भएका ठूलठूला भ्रष्टाचार काण्डका फायलहरु खोली अनुसन्धान थाल्न तथा २०४६ पछिका सबै उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ती छानवीन गरि अबैध सम्पती जफत गर्नु पर्ने माँग समेत गरिएको छ ।
अनुसन्धानको क्रममा निर्दाेष व्यक्ती पक्राउ पर्नू हुन्न, तर अनुसन्धानको क्रममा दोषी देखिएकाहरु उपर कुनै दवावमा नपरी सख्त सजाय हुने गरी सम्भव भए सम्मका मुद्दा दायर गरिनु पर्ने ज्ञापन पत्रमा मार्फत माँग गरिएको छ ।
ज्ञापन पत्रमा उक्त अपराध जालोको प्रमुख योजनाकारहरु सम्मै पुगेर राज्य प्रशासनले संलग्न सबैलाई कारवाहीको दायरामा नल्याए सदनदेखि सडकसम्म आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ