News Category 2080/01/31
वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनीधी सभा सदस्य उपेन्द्र यादवले वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिनु जरुरी रहेको बताएका छन् ।
पार्टीको जिल्ला समिती सप्तरीले उनको सम्मानमा आईतवार राजविराजमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले मुलुकमा संघियता पक्षधर र संघियता विरोधी गरी दुई किसिमको धु्रवीकरण बढिरहेको भन्दै वर्तमान सत्ता समिकरणलाई निरन्तरता दिन सके मात्र ऐतिहासिक परिवर्तनको उपलब्धीलाई सुरक्षित राख्न सकिने बताए ।
नेता यादवले वर्तमान सत्ता समिकरणकै आधारमा केन्द्र सरकारमा सहभागिता संगै प्रदेशमा पनि आलोपालो ससरकारको नेतृत्व गर्ने सहमती बढिरहेको उल्लेख गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तराष्ट्रिय स्तरमा समेत मूलुकको साख गिराउने काम गरेको भन्दै दोषिहरुमाथी कारवाही हुनसके मात्र मूलुको साख जोगिने बताए ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित सम्मान समाहरोमा प्रदेश सभा सदस्य किरण कुमारी साह, पुर्व शिक्षा मन्त्री रेणु कुमारी यादव, महिला नेतृ रमिला कुमारी साह, जसपाका यूवा नेता युसुफ अलि, तारकेश्वर प्रसाद यादव, भीमराज यादव लगायतले शुभकामना दिदै पार्टी संगठन सुढुढिकरणका लागी चाल्नु पर्ने कदमबारे आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ