News Category 2080/02/02
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
राजविराजमा जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा मै तथा अन्यले २५ रुँपैया मै विभिन्न रोगको परिक्षण गर्न पाउने भएका छन् ।
मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा मंगलबारदेखी “राजविराज जनस्वास्थ्य प्रयोगशाला” को शुभारम्भ भएको छ ।
प्रयोगशालामा जेष्ठ नागरिकका लागि सबै प्रकारका जाँचमा ७५ प्रतिशत छुट दिइने प्रयोगशालाकी इन्चार्ज नितु देवले जानकारी दिएकी छिन् । डेंगु, मलेरिया र एचआइभी एड्सको निशुल्क परिक्षण गरिनुका साथै विभिन्न ६२ प्रकारका रोगहरुको परिक्षण हुने उनले बताइन् ।
प्रयोगशालामा न्युनतम २५ रुँपैयादेखी अधिकतम ३ सय रुँपैयासम्म सर्वसाधारणका लागि शुल्क निर्धारण गरिएको छ ।
ग्यास्ट्रीक साइटिस, एचसायोलोरी, लिक्युड प्रोफाइल र आरएफटी जाँचको ३ सय रुँपैया शुल्क निर्धारण गरिएको तथा दिसा, पिसाब, आरबिसी, मधुमेह लगायतको जाँच २५ रुँपैयामा मै गरिने नगरपालिकाका स्वास्थ्य शाखाका इन्चार्ज निरन्जन यादवले जानकारी दिए ।
यसैबीच नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिन र जिल्ला न्यायाधिश हेमन्त रावलले एक समारोहबीच प्रयोगशालाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
सेवा उद्घाटनको अवसरमा कार्यवाहक नगरप्रमुख परबिनले स्वास्थ्य उपचार सबैका लागि सहज बन्न सकोस् भन्ने उद्देश्यका साथ प्रयोगशाला स्थापन गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।
प्रयोगशालामा गरिब, असाहय तथा विपन्न समुदायका बिरामीलाई स्वास्थ्य जाँचमा सहुलियत पुग्ने विश्वास लिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ