News Category 2080/02/03
महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
बेसहारा तथा हिंसामा परेका महिलालाई सुरक्षित बासस्थानका लागि राजविराजमा महिला सेफ हाउस निर्माण हुने भएको छ ।
राजविराज नगरपालिका वडा नं. २ मा स्थापना हुन लागेको महिला सेफ हाउसको बुधवार मधेश प्रदेशका सांसद किरण कुमारी साहले शिलान्यास गरेकी छिन् ।
उनकै संसदीय विकास कोषको बजेटबाट निर्माण हुन लागेको महिला सेफ हाउसले वेघर र हिंसामा परेका महिलालाई न्यायका लागि वासस्थानको समस्या अन्त्य हुने विश्वास गरिएको वडा अध्यक्ष अरुण यादवले बताए । वडाध्यक्ष यादवकै पहलमा महिला सेफ हाउसका लागि जग्गा उपलब्ध गराईएको छ ।
यसअघि सांसद साहले आफ्नो संसदीय विकास कोषको रकमबाटै राजविराज १२ मा विद्यालय कम्पाउन्ड वाल र राजविराज ७ मा धार्मिक संस्कृति महत्वको ऐतिहासिक भगवती पोखरीमा छठ घाट निर्माण तथा सौन्दर्यकरण कार्यको थालनी समेत गरिसकेकी छिन् ।
शिलान्यास समारोहमा जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ