News Category 2080/02/04
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
पोषण सप्ताह २०८० अन्र्तगत सेभ द सप्तरीले आफ्ना कार्यक्षेत्रमा पर्ने सम्पुर्ण समुदायिक बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन गरेको छ ।
सेभ द चिल्ड्रेन÷सेभ द सप्तरीको प्राबिधिक सहयेगमा नगरपालिका÷गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं. १, ५, १४, १५ र १६ वडा तथा छिन्नमस्ता, बिष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक समुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्र्तगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।
नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम करिब ६३ वटा समुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए ।
पोषण सप्ताह अन्र्तगत पहिलो दिन पोषण सामग्री प्रर्दशनी, दोश्रो दिन बिद्यालय तथा अभिभावकहरुको लागि पोषणयुक्त खाद्य सामग्रीको उचित प्रयोग सम्बन्धि कक्षा संचाल गरिएको छ ।
यस्तै तेश्रो र चौथो दिन बिहीबार कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुको आँखा, कान र दातको जाँच तोल मापन गरि उमेर अनुसार बृद्धिबिकास भए नभएका छुट्याइएको र सम्पुर्ण १ कक्षादेखि १० सम्मका बिद्याथीहरुलाई जुकाको औषधी खुवाई चौथो दिन सम्म पोषण सप्ताहको कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यस्तै छिन्नमस्ता गाउँपालिकामा समुदायिक तथा निजी बिद्यालयमा समेत स्थानिय स्वास्थ्य चौकीक स्वास्थ्य कर्मचारी समेत खटाइएपछि कार्यक्रममा बिद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ