News Category 2080/02/04
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा सिफारिस गर्ने जनप्रतिनिधिदेखि नागरिकता जारी गर्ने कर्मचारीसहित २६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सप्तरी जिल्ला अदालतले बुधवार राजविराज नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उदीत नारायण यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत किशोरकुमार रामसहित २६ जनामाथि पक्राउ पुर्जी जारी गरेको हो ।
राजविराज वडा नं. ११ फर्सेठका सूर्यनारायण यादवले झुटो विवरण पेस गरी नातामा नाति पर्ने सतिश यादवलाई छोरा बनाई नेपाली नागरिकता बनाइ दिएको प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले गत वैशाख ३१ गते दर्ता गरेको नागरिकता सम्बन्धी मुद्दामा सूर्यनारायण र सतिश पक्राउ परि जनही एक÷एक लाख रुपैयाँ धरौटी बुझाएर गत जेठ १ गते नै तारेखमा छुटेका थिए ।
यस्तै सिफारिस गर्ने वडाध्यक्ष यादवसहित वडासचिव हरिनारायण यादव, सर्जमिनमा बस्ने जिल्ला प्रहरी कार्यालय सप्तरमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो र राम इश्वर मण्डलसहितका विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
त्यस्तै, नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रसाशकीय अधिकृत किशोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय संजिवकुमार साह र सुरज नेपाल विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यसअघि नै छानबिन गरिरहेको जिल्ला प्रशासन कार्यालयले सो मुद्दामा पूर्वाग्रह राखी कर्मचारीलाई प्रतिवादी बनाएको छ भने कर्मचारीहरु संलग्नता भए नभएको विषयमा जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण समेत सोधेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ