News Category 2080/02/05
समितिको पहिलो बैठक सम्पन्न
दैनिक समाचारदाता
जनकपुर, ५ जेठ ।
मधेश प्रदेशको समाजिक विकास मन्त्रालयले दलित सशक्तीकरण नियामावली २०७८ संसोधन गर्न बनेको समितिको पहिलो बैठकमा शुक्रबार सम्पन्न भएको छ ।
दलित विकास समितिको कार्यालयमा दलित सशक्तीकरण नियामावली २०७८ मा रहेको सदस्यहरुको काम, कर्तव्य अधिकारसहित सेवासुबिधा लगायत अन्य विषयहरु परिमार्जनको लागि बिहीबार समाजिक विकास मन्त्रालयले भोला पासवानको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको थियो ।
समितिका सदस्यहरुमा पूर्व प्रदेश सांसद चमेलीदेवी दास,चन्देश्वर दास,रामो महरा र चन्देश्वर पासवान रहेका छन् ।
सुझाव समितिको संयोजक भोला पासवानको अध्यक्षतामा बसेको पहिलो बैठकले दलित सशक्तिकरण ऐन २०७६ र दलित सशक्तीकरण नियामावली २०७८ मा अध्ययन गरि शनिबार पुन ःबैठक बसेर नियामावली परिमार्जनको ड्राफट तयार गर्ने र दलित अगुवा र कानून व्यवसायसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य रामो महराले बताए ।
सुझाव पेश गर्न समितिलाई ५ दिनको समय दिइएको छ । समितिका संयोजक भोला पासवानले नियामावली परिमार्जन गर्न समय सिमा कम भएकोले समाजिक संजालबाट समेत सुझाव दिन आग्रह गरेका छन् ।
बैठकमा दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा,सदस्य राजकुमार दास र श्याम सरदारले समितिका संयोजक र सदस्यहरुलाई खादा, समितिको डायरी र क्यालेण्डरसहित सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ