News Category 2080/02/05
समितिको पहिलो बैठक सम्पन्न
दैनिक समाचारदाता
जनकपुर, ५ जेठ ।
मधेश प्रदेशको समाजिक विकास मन्त्रालयले दलित सशक्तीकरण नियामावली २०७८ संसोधन गर्न बनेको समितिको पहिलो बैठकमा शुक्रबार सम्पन्न भएको छ ।
दलित विकास समितिको कार्यालयमा दलित सशक्तीकरण नियामावली २०७८ मा रहेको सदस्यहरुको काम, कर्तव्य अधिकारसहित सेवासुबिधा लगायत अन्य विषयहरु परिमार्जनको लागि बिहीबार समाजिक विकास मन्त्रालयले भोला पासवानको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको थियो ।
समितिका सदस्यहरुमा पूर्व प्रदेश सांसद चमेलीदेवी दास,चन्देश्वर दास,रामो महरा र चन्देश्वर पासवान रहेका छन् ।
सुझाव समितिको संयोजक भोला पासवानको अध्यक्षतामा बसेको पहिलो बैठकले दलित सशक्तिकरण ऐन २०७६ र दलित सशक्तीकरण नियामावली २०७८ मा अध्ययन गरि शनिबार पुन ःबैठक बसेर नियामावली परिमार्जनको ड्राफट तयार गर्ने र दलित अगुवा र कानून व्यवसायसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य रामो महराले बताए ।
सुझाव पेश गर्न समितिलाई ५ दिनको समय दिइएको छ । समितिका संयोजक भोला पासवानले नियामावली परिमार्जन गर्न समय सिमा कम भएकोले समाजिक संजालबाट समेत सुझाव दिन आग्रह गरेका छन् ।
बैठकमा दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा,सदस्य राजकुमार दास र श्याम सरदारले समितिका संयोजक र सदस्यहरुलाई खादा, समितिको डायरी र क्यालेण्डरसहित सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ