News Category 2080/02/06
महिलाको उल्लेख्य सहभागितामा राजावादीको प्रर्दशन
राजविराज÷राजसंस्था पुनःस्थापनाको माग गर्दै राजाका समर्थकहरुले शनिबार राजविराजमा बृहत प्रदर्शन गरेका छन् ।
राष्ट्रवादी यूवा दलित तथा अल्पसंख्यक विपन्न वर्ग विकास सेवा समिती कंचनपुर सप्तरीको. अगुवाईमा सो प्रर्दशन गरिएको हो ।
गाउँगाउँबाट ट्याक्टर, वस, साइकल, अटो, सिटीरिक्सा लगायतका सवारी साधनको प्रयोग गरी स्थानीय राजरंगशालामा हजारौको संख्यामा भेला भएका राजसंस्थाका पक्षधरहरुको उक्त प्रदर्शनमा सहभागिता रहेको थियो ।
प्रर्दशनको समितीका जिल्ला अध्यक्ष विष्णु देव यादवले नेतृत्वमा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकतादेखि सर्वसाधारण समेत सहभागी भएको देखिन्थे ।
प्रर्दशनको क्रममा सहभागीहरुले “राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, गाउँ नगरमा हल्ला छ, राजा ल्याउने सल्लाह छ, जयश्री राम, लगायत राजसंस्था र हिन्दु धर्मको पक्षमा नाराबाजी गरेका थिए ।
नगरपरिक्रमा पश्चात् पुनः राजरंगशाला मै पुगी आयोजित सभालाई प्रमुृख अतिथी पूर्व उर्जाराज्य मन्त्री दिपक कुमार सिह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम बहादुृर घोकर, सन्तबहादुृर रुम्बा, पारस वस्नेत लगायतले सम्बोधन गर्दै मुलुक जोगाउन राजसंस्था र हिन्दु राष्ट्र अवको प्रमुख आवश्यकता रहेको बताए ।
उनीहरुले अहिलेका प्रमुृख दलका नेता तथा कार्यकर्ताहरुको कार्यशैलीले मुलुकमा मात्र नभई अन्तराष्ट्रियस्तर मै गन्हाई सकेको भन्दै कडा शब्दमा आलोचना समेत गरे ।
राजवादीहरुले दुई वर्ष पछी यस्तो प्रर्दशन गरेका हुन । २०७७ कार्तिक २६ गते नेपाल राष्ट्रवादी समुहको व्यानरमा राजवादीहरुले प्रर्दशन गर्न खोज्दा प्रमुख दल निकट विद्यार्थी संगठनका स्थानीय नेताहरुले विथोलि दिएका थिए । तर २ वर्ष पछी शनीवार आयोजना गरीएको प्रर्दशन र सभामा कतै कुनै हस्तक्षेप गरिएन ।
त्यति बेला राजसंस्था पुनः स्थापनाको माग सहित पुर्व राजाका सर्मथकहरुद्वारा दिनहु जसो मुलुकका मुख्य सहरहरुमा प्रर्दशन हुन थाले पछी २०७७ मंसिर १६ गते गृहमन्त्रालयले विरोध ¥याली, सभा, जुलुस लगायतका गतिवीधी हुन न दिन सबै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायलाइ निर्देशन दिएको थियो । तर शनिवार गरिएको प्रर्दशनमा स्थानीय प्रशासनले पनि कुनै बाधा अवरोध र हस्तक्षेप न गर्दा निर्वाध र भब्य रुपमा प्रर्दशन र सभा सम्पन्न भएको आयोजक समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ