News Category 2080/02/07
सवारी दुर्घटनामा ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
राजबिराज नगरपालिका वडा नं. २ तेतरीगाछीस्थित राजबिराज हनुमाननगर सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुबैका चालक घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको को.१५प.७९४० नं.को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्रदेश २–०१–००३प.९१९७ नं.को मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट को.१५प.७९४० नं.को मोटरसाइकल चालक तिलाठी कोइलाडि ७ मंसापुर निवासी २५ वर्षिय उपेन्द्र मण्डल र प्रदेश २–०१–००३प.९१९७ नं.को मोटरसाइकल चालक छिन्नमस्ता १ बिरपुर निवासी २५ वर्षिय राजेश यादव घाइते भएका छन् । उनीहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा समान्य उपचार पश्चात् थप उपचारको लागी बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै शनिबारै जिल्लाको कंचनरुप नगरपालिक ६ परेमारास्थित भित्री सडक खण्डमा पैदल यात्रीलाई बचाउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।
कंचनपुरबाट फत्तेपुरतर्फ जादै गरेको को.२६प.३८७२ नं. को मोटरसाइकल दुर्घटना हुँदा चालक उदयपुरको त्रियुगा नगरपालिका ३ गाईघाट मटिगढा बस्ने ३० वर्षिय रोहित चौधरी घाइते भएका छन् ।
यस्तै मोटरसाइकल पछाडि सवार स्थानिय २८ वर्षिय अनिल ठकुरी पनि घाइते भएको प्रहरीले जनाएको छ । दुबै जनाको धर्मेश्वर अस्पताल ठेलियामा सामान्य उपचार पश्चात थप उपाचरको लागि बिराटनगर तर्फ पठाईएको तथा पैदल यात्रि सप्तकोशी ११ निवासी १८ वर्षिय भोला नाथ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरि शनिबारै राजबिराज नगरपालिका २ स्थित राजदेबीबाट तेतरीगाछि आउदै गरेको स.८प.७८४१ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
दुर्घटनामा ३५ वर्षिय अम्जद अंसारी घाइते भएका छन् । उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ