News Category 2080/02/07
राजविराज नगरपालिकामा अख्तियारको टोली
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले आइतबार राजविराज नगरपालिका कार्यालयमा पुगि विकास निर्माणका कार्यहरुको फायल अध्ययन गरेको छ ।
नगरपालिकाले विभिन्न वडाहरुमा संचालन गरेको योजनामा अनियमितता भएको गुनासो आएपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट आएको टोली अनुसन्धानका लागि सो फायलहरुको अध्ययन गरेको हो ।
आयोगका लेखा अधिकृत दयाराम काफ्ले नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत प्राविधिक तथा सम्बद्ध फाँटका अन्य कर्मचारीसँग फायल झिकाई आवश्यक जानकारी लिएको जनाएको छ ।
यस्तै प्राविधिकसहित आएको अख्तियारको टोलीले विभिन्न वडामा नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको स्थलगत अनुगमन समेत गरेको छ ।
टोली प्रमुख काफ्लेले नियमितको प्रक्रिया अनुसार नगरपालिकाको कार्यालय पुगेर विकास निर्माण सम्बन्धी फायलहरुको अध्ययन गर्नुका साथै नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको अध्ययन पनि गरेको बताए । उनले थप कुरा अनुसन्धान सकिएपछि मात्र भन्न मिल्ने जिकिर गरे ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मनाथ जोशीले आफू यस कार्यालयमा आउनु भन्दा पूर्व विगतमा कार्यालयद्वारा भएका केही निर्माण कार्यका सम्बन्धमा आयोगले जिज्ञासा राखेको र यस अघि विभिन्न मितिमा माग गरेको विवरण आयोगलाई समयमै किन नपठाएको हो भनी सोधनीभएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ