News Category 2080/02/08
युवकको घाटी रेटेर हत्या
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित टेलरिङ्ग फ्याक्ट्री नजिकको खेतमा सोमबार बिहान घाटी रेटिएको अवस्थामा एक यूवकको शव फेला परेको छ ।
सनाखत हुन बाँकि रहेको मृतक युवकको घाटी रेटेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
मृतकको देब्रे खुट्टामा डोरी समेत बाँधिएको देखिएकाले केही टाढा हत्या भएको र घिसार्दै एकान्त स्थानमा ल्याएर राखेर गएको तथा हत्या राती ८ बजे देखि १२ बजे बीचको समयमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनास्थल नजिक वियर, रक्सी र चिसो पेय पर्दाथका गरी तीन वटा खाली बोतल समेत देखिएको तथा अर्धनग्न अवस्थामा रहेको अन्दाजी २४÷२५ वर्षिय ती युवकको शव भन्दा करिब ५० मिटरको दुरीमा सर्ट र पाईन्ट रगतले लतपतिएको अवस्थामा रहेको छ ।
नजिकै रहेको टेलरिङ्ग फ्याक्ट्रीका संचालक, कामदार तथा स्थानीयवासी समेतले ती युवकको पहिचान गर्न नसक्दा आसपासको गाउँ वा बाहिरी जिल्लाका हुन सक्ने र यहाँ ल्याएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको प्रकृति हेर्दा सुरुमा मदिरा सेवन गराइएको र त्यसपछी हत्या गरिएको एक प्रहरी अधिकारीले भन्दै पोस्टमार्टम रिपोर्ट पछी मात्र सत्यतथ्य बाहिर आउने बताए । मृतकको शव पोस्टमार्टमका लागी सोमवार नै धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई हत्यामा संलग्नको खोजी कार्य तीब्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।
एक साता अघि जिल्लाको शम्भुनाथ नगरपालिका २ का २१ वर्षिय मो.तफेजुलको रुपनी गाउँपालिका १ रायपुर स्थित एक खेतमा भएको हत्या घट्नामा संलग्न अभियुक्तहरुको पत्ता न लागिरहेको अवस्थामा हत्याको अर्काे घटना भएपछी स्थानीयवासिन्दामा त्रास बढेको छ ।
यस्तै २०७८ साल पौष ११ गते जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको पनि खेतमा गएका वेला टाउकोमा बियरको बोतल प्रहार गरी भएको हत्या घट्नामा संलग्न अपराधीहरु अझै पत्ता लाग्न सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ