News Category 2080/02/11
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
सहकारी ऐन तथा नियमावलीमा भएको सहकारी संस्थालाई प्रबद्र्धन गर्ने ब्यवस्थालाई बेवास्ता गर्दै चौतर्फी घेराबन्दीमा पारी राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रिय सहकारी माहासंघको नेतृत्वमा सहकारी समस्या सामाधान सहजिकरण कार्यदलले घोषणा गरेको देशब्यापी सहकारी आन्दोलनमा सप्तरीका सहकारी संस्थाहरुले पनि एक्यबद्धता जनाएका छन् ।
पहिलो चरणका आन्दोलनका कार्यक्रम अनुसार सहकारी संस्थाहरुले जेठ ९ गतेदेखि हातमा कालोपट्टी बाँधेर शान्तीपुर्ण बिरोध कार्यक्रमको सुरुवात गरेका छन ।
सप्तरी जिल्लामा राष्ट्रिय सहकारी बैंकका संञ्चालक तथा मधेस प्रदेश संयोजक बिश्वनाथ मण्डलको अग्रसरतामा राजबिराज वरिपरिका सहकारी संस्थाहरुसंग छलफल गरी आन्दोलनको कार्यक्रम अगाडी बढाइएको आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आसले जानकारी दिए ।
सहकारी संस्थालाई सहज बनाउनका लागि सहकारी मैत्री ऐनको परीपालना र कार्यबिधिको कार्यान्वयन गर्न राज्य उदासिन देखिएकोले १३ बुँदै मागपत्रसहित आन्दोलनको सुरुवात भएको सहकारी बैंकका संञ्चालक तथा मधेस प्रदेश संयोजक मण्डलले बताए ।
जेठ २ गते १५ दिनको अल्टीमेटम दिएर सहकारी बिभागका रजिष्टारलाई बुझाइएको १३ बुँदे मागपत्रको कार्यान्वयमा राज्यले कुनैपनि तदारुकता नदेखाएकोले बाध्य भएर आन्दोलनको कार्यक्रम अगाडी बढाइएको गठित कार्यदलका संयोजक ओम देबि मल्लले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ