News Category 2080/02/13
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
बाल विवाहका कारण घरेलु हिंसा, सम्बन्ध विच्छेद, शारीरिक र मानसिक समस्या तथा महिलाले कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटना बढ्दै गएको भन्दै राजविराजमा आयोजित एक कार्यक्रमका सहभागि वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
शुक्रवार राजविराजको समन्वय, ९ नम्बर वडा कार्यालयको सहयोग तथा विकास लागि भिजन नेपाल राजविराजको आयोजनामा संचालन गरिएको बालविवाह न्यूनिकरण र जिम्मेवार स्थानीय सरकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
वडा अध्यक्ष जवाहर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजविराज नगरपालिकाका नगरप्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादवले चेतनाको अभाव र बाल विवाह अपराध हो भन्ने बारे अधिकांशलाई जानकारी नहुँदा रोकथाममा समस्या हुने गरेको बताए ।
राष्ट्रिय सहकारी बैंक मधेश प्रदेशका संयोजक एवम् सहकारी अगुवा विश्वनाथ मण्डलले बाल विवाह न्यूनिकरण होईन, निर्मूल नै पार्न सबै लाग्नुपर्ने आवश्यकता औल्याउने वडा कार्यालहरुले पनि यसमा कडाईका साथ अघि बढ्नु पर्ने बताए । शिक्षाको कमी र त्यसबाट उब्जने अज्ञानताले बाल विवाह बढाएकोल भन्दै उनले सबभन्दा पहिले समाजलाई नै शिक्षित बनाउनुपर्नेमा जोड दिए ।
जसपाका राजनितिक समिति सदस्य एवम् मधेश प्रदेशका प्रचार प्रसार प्रमुख अमरनाथ मण्डलले बाल विवाहका कारण घरेलु हिंसा, सम्बन्ध विच्छेद, शारीरिक समस्या र महिलाले कलिलै उमेरमा ज्यान गुमाउन थालेको भन्दै यसको न्यूनिकरणको लागि सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी नरेश कुमार सिंह, पत्रकार महासंघ सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, महासंघ पूर्व केन्द्रीय सदस्य अवधेश झा, समाजसेवी रामकिसुन यादव लगायतले पनि बोल्दै बाल विवाहका कारण किशोर किशोरीको स्वास्थ्यमा मात्र नभई भविष्य नै जोखिममा पर्ने गरेको भन्दै यसको न्यूनिकरणको लागि समाजका सबै सचेत नागरिकले भुमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ