News Category 2080/02/13
विदेशमा श्रम गरेर कमाएको पैसा ठगी भएपछि परिवारै विचल्लीमा
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ वस्ने ४५ वर्षिय अशोक कुमार यादव र उनका दाजु ४८ वर्षिय सुरेन्द्र बैदेशकि रोजगारीबाट कमाएर ल्याएको पैसा ठगिएपछि उनीहरुको परिवारनै बिचल्लीमा परेको छ ।
८ वर्ष मलेशियामा रोजगारी गरि नेपाल फर्केका भाई अशोक तथा दाजु सुरेन्द्रले कमाएको ३५ लाख रुपैया वचत गर्न पनि भ्याएका थिए । २०७८ साल बैशाख तिर अशोक घर फर्किए भने दाजु सुरेन्द्र अहिले पनि मलेशियामै छन् ।
छिमेकी गाउँ कै एक फर्निचर उधोग संचालक सम्पर्कमा आएर यादव दाजु भाईले वर्षाै लगाएर कमाएको रकम विभिन्न प्रलोभन बाँडेर ठगी गरेपछी उनीहरुको सपनामा कुठाराघात हुन पुगेको छ ।
छिन्नमस्ता गाउँपालिका ७ वस्ने फर्निचर उधोग संचालक गजेन्द्र मण्डल र उनकी पत्नी सरस्वतीले अशोक सीत फुलवारीमा रहेको उनको ४ वटा रुखहरु किन्ने क्रममा सम्पर्क बढ्दै गएको थियो ।
नयाँ घर निर्माणको तयारीमा रहेका अशोकको योजनाबारे थाहा पाएपछी मण्डल दम्पतीले बालुवा, गिट्टी, सिमेन्ट, फलामे डण्डी लगायतका निर्माण समाग्री उपलब्ध गराईदिने प्रलोभन देखाएर अशोक सित पटक÷पटक गरेर ३१ लाख रुपैया पेश्की लिए । तर समान नदिएपछी अहिले उनी रकम वसुल्न प्रहरी हुदै न्यायलयको शरणमा पुग्न बाध्य भएका छन् ।
पैसा फिर्ता दिनका लागी वडा अध्यक्ष अच्छेलाल यादवको उपस्थितीमा ३ पटक पंचायती पनि वस्यो । तिनै पटक वसेको पंचायतीमा छलफल हुदा १ महिना भित्रै निर्माण सामान र नभए रकम नै फिर्ता गरिदिने कागज समेत गरिदिएका गजेन्द्रले रकम फिर्ता दिएनन । समाजिक दवाव बढ्दै गएपछी गजेन्द्रले २०७९ असार १२ गते श्रीमतीको नाममा बैंक अफ काठमाण्डौ लिमिटेडमा रहेको खाता नं.२१८३०००००३७१५२४ बाट साटिने गरी ३१ लखको चेक अशोकलाई दिए । तर खातामा रकम नभएका कारण ३ पटक चेक वाउन्स भयो ।
ास्खातामा पैसा नभएको जानी जानी चेक काटेर दिदा र ३ पटक चेक वाउन्स भएपछी उनी चेक काट्ने र ठगी गर्ने ब्यक्ती विरुद्ध कारवाहीको माँग गर्दै पटक पटक प्रहरीमा पुगे तर, अझै न्याय पाउन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय उजुरी शाखाका प्रहरी नायव निरिक्षक रामबालक ठाकुरले २०८० वैशाख ७ गते इलाका प्रहरी कार्यालय छिन्नमस्ता सखडालाई चलानी नं.२२८२ को पत्र पठाई खोजतलास गरी गजेन्द्रलाई उपस्थित गराउन निर्देशन दिएपनि उनी फेला नपरेको र खोजतलास भईरहेको बताएका छन् ।
अशोक भने गाउँ मै रहेको र खुलेआम घुमिरहेको दाबी गर्दै भने –“प्रहरीले सकृयता नदेखाउँदा हाम्रो परिवारको विचल्ली भएको छ ।
उनी शुक्रवार न्याय खोज्दै अदालतको शरणमा पुगेका छन् । सप्तरी जिल्ला अदालतमा उनले दायर गरेको फिराद पत्रमा निर्माण सामग्री उपलब्ध गराई दिने भनी प्रलोभन देखाइ ठगी गर्ने गजेन्द्र माथी कारवाही र आफुलाई न्याय दिलाई दिन अनुरोध गरेका छन् ।
खातामा पैसा न भएको जानी जानी ठगी र दुःख दिने नियतले दिएको चेक पटक पटक वाउन्स भएकाले निज गजेन्द्र माथी चेक अनादरको मुद्दा चलाउन समेत फिराद पत्र मार्फत आग्रह गरिएको छ । फिराद पत्रमा रकम फिर्ता नगर्ने मनसायले जानीजानी पैसा नरहेको खाताको चेक दिई चेक अनादरको कसुर गरेकाले प्रतिवादीलाई बिनियम अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम व्याज समेत भराई हदै सम्मको कैद र जरिवाना समेत गरी पाउँ भनि माँग गरिएको छ ।
यता आरोपित गजेन्द्रले अशोकसित लेनदेनको कुरा मिली सकेको र अब ९५ हजार मात्र तिर्न बाँकि रहेको दाबी गरेका छन । “सबै कुरा मिलीसक्यो, फेरी अदालत किन गए ? बुझि नसक्नु छ, उनले भने ।” अशोकले भने पुरै ३१ लाख बाँकी नै रहेको र कुनै सहमति नभएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ