News Category 2080/02/13
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो
राजविराज÷सप्तरीको भारदहस्थित कोशी व्यारेजदेखि राजविराज–कुनौली सडक खण्ड अन्तर्गत पर्ने पश्चिमी नहरको सफाई कार्यमा संलग्न पेटीदार, कामदार तथा साझेदार समेतले काम गरेवापतको रकम पाउन नसकेको गुनासो गरेका छन् ।
पीडित पक्षले शनिवार हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी काम सम्पन्न भएको महिनौ बितिसक्दा पनि बाँकी बक्यौता रकम पाउन नसक्दा यसमा श्रम र आर्थिक लगानी गरेका ९७ परिवार पिडामा परेको पीडा पोखेका छन् ।
कोशी पश्चिमी नहर सफाईको काम भारत बिहार राज्यको सिँचाई विभाग कुनौली डिभिजनद्वारा झण्डै ३२ करोड भारतीय रुपैयाँका लगानीमा गरिएको छ ।
तीन वर्ष अघिदेखि शुरु भएको उक्त कार्य सम्पन्न गर्ने गरी भारतकै हैदरवादस्थित एनआरएच ईयचजेभी नामक निर्माण कम्पनीले ठेक्का पाएको थियो । उक्त कम्पनीले भने प्रभात कुमार मिश्र संचालक रहेको भारतकै त्रिकला इन्डस्ट्री इन्डिया कम्पनीलाई पेटी कन्टयाक्टमा सो काम गर्न जिम्मा दिएको थियो ।
संचालक मिश्रले भने भारतकै विहार राज्य सिपौल जिल्ला विरपुर निवासी अर्का ठेकेदार राजु सिंहलाई साझेदार बनाई निर्माण कार्य शुरु गरेका थिए । मिश्र र सिंहको बराबरी पुँजीमा सुरु भएको उक्त काममा भारतीय सँगै नेपाली मजदुर पनि खटिएका थिए । काम गरेर पनि लामो समयदेखि भुक्तानी नदिदा आफुहरु मार्कामा परेको पीडित मध्येका सत्यजीत झाले बताए ।
भुक्तानी नदिएपछि केही दिनअघि मात्र निर्माण कम्पनीका ३ वटा स्काईभेटर उनीहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको थियो । उक्त स्काईभेटरहरु भारदह स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा राखिएको थियो ।
तर, पनि भुक्तानी नपाएपछि पिडितहरुका तर्फबाट सप्तरी जिल्ला अदालतमा संचालक मिश्र विरुद्ध मुद्दा समेत परेपछि न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले जनमजदुर, माटो–ढुङ्गा, ट्रक, टिपर, टयाक्टर र इन्धन वापत कबोल गरेको रकम भुक्तानीको टुंगो नलागेसम्म हाल स्काईभेटर र अन्य सवारी साधनको अर्को आदेश वा प्रतिउत्तर परेपछि पुनः विचार गर्ने गरी हाललाई प्रतिउत्तर पर्ने कानून बमोजिमको अवधिसम्म नेपाल बाहिर लान नदिनु आदेश जारी गरेको थियो ।
आदेशको उल्लघंन गर्दै एउटा स्काईभेटर भने प्रहरी नियन्त्रणबाट निकालेर ठेकेदारका आफन्तले लगेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । ठेकेदारका साझेदार रहेका राजु सिंहले आफुहरुले पाउनु पर्ने सबै १३ करोड अर्का साझेदार मिश्राले बुझिसकेपनि ९ करोड रुपैयाँ मात्र दिएर बाँकी पैसा राखेको कारण आफुले मजदुरहरुलाई भुक्तानी दिन नसकेको लाचारी व्यक्त गरे ।
उनले संचालक मिश्राकै कारण मजदुरलाई मात्र होईन, पेटी कन्टयाक्टमा आफुले काममा लगाएको नेपाली ठेकेदार तथा स्काईभेटरको इन्धन र टयाक्टर, टिपर लगायतका सवारी साधनको भाडा समेत दिन समस्या भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ