News Category 2080/02/15
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारले अध्ययादेश ल्याएपछि अब सप्तरीका साहु महाजनहरु पनि त्यसका बिरुद्ध तातेका छन् ।
सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ निवासी रामकिसुन यादवको अध्यक्षतामा साहु महाजन पीडित संघर्ष समिति गठन गरिएको छ ।
पहिलो चरणको भेलाले अध्यक्ष चयन गरेपछि आगामी जेठ १९ गते जिल्ला भरिका साहु महाजनको बृहत भेलाबाट संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने जनाइएको छ । समस्यामा परेका बेला सहयोग लिने तर, तिर्ने बेला मिटर ब्याजी भनेर प्रहरीमा निवेदन दिने अवसरवादीहरु बिरुद्ध अब हाम्रो पनि आन्दोलन सुरु हुन्छ अध्यक्ष यादवले भने ।
पहिलो भेलामा जिल्लाका ६६ जना साहु महाजन सहभागि भएका थिए । उनीहरुले आगामी १९ गते हुने बहृत भेला पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने तयारी समेत गरेको उनले बताए ।
सरकारले मिटरब्याजी पीडितको समस्या समाधानको नाममा र दबाबमा अध्यादेशमार्फत कानुन ल्याएर निर्दोष साहु महाजनलाई समेत उठिबास र बदनाम गराउन खोजेको भन्दै उनीहरुले संगठित रुपमा आवाज उठाउन संघर्ष समिति गठन गरिएको जनाएका छन् ।
उनीहरुले लगानी गर्न चाहने इच्छुक साहु महाजनलाई १० प्रतिशत ब्याजमा ऋण लगानी गर्न पाउने यसअघि दिइएको अधिकारलाई निरन्तरता दिनु पर्ने तथा साहु महाजनलाई अनावश्यक दुःख दिने नियतले ल्याइएको कानुनको धारा २४९(क) को खारेजीको माग समेत गरेका छन् ।
सरकारले मिटर ब्याजबाट पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयको उजुरी शाखामा आवेदन दिन आह्वान गरेपछि हालसम्म एक हजार भन्दा बढी उजुरी परिसकेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ