News Category 2080/02/17
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास
दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विपद व्यवस्थापनमार्फत जोखिम न्यूनिकरण गरी धनजनको क्षतिबाट बचाउन उद्धार अभ्यास सम्पन्न गरिएको छ ।
सशस्त्र प्रहरी र नगरपालिकाबीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उद्देश्यका साथ बुधबार वडा नं. ५ मा रहेको पोखरीको डिलमा तथा पानीमा अभ्यास गरिएको हो ।
डाक्नेश्वरी नगरपालिकाको आयोजनामा आयोजित उद्धार अभ्यासमा सशस्त्र प्रहरीको उद्धार टोलीले आगलागी, भुकम्प, बाढी पहिरोबाट हुने जनचेतना अभ्यास गरेको थियो । टोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार, बाढीबाट प्रभावित समूदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास समेत गरिएको थियो ।
कार्यक्रम पश्चात् नगरपालिका प्रमुख रामलखन मलाहले सिमित श्रोत र साधनका वावजुद सशस्त्र प्रहरीले उद्धार कार्यमा उच्च निपुर्णता देखाएको र विपद व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठले आगलागी, भुकम्प, डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफुसँग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने जस्ता अभ्यास गरिएको जानकारी दिए ।
अभ्यास कार्यक्रममा संबिधानसभा सदस्य ताराकान्त चौधरी, डक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार सोनु, सशस्त्र प्रहरी तथा नगरपालिकाका अधिकारीहरु लगायत संचारकर्मीहरु र स्थानीयवासीहरुले अभ्यासको अवलोकन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ