News Category 2080/02/17
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।
उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालबाबु अग्रवालले भन्सार छलेर ल्याइएका कुनै पनि मालसामानहरु खरीद नगर्न सप्तरीका ब्यापारीहरुलाई आग्रह गरेका छन् ।
बुधवार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसीत कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । सीमा पारी भारतीय बजारहरुबाट तस्करहरुले किराना, श्रृंगार, फलफुल, रेडिमेड कपडा लगायतका विभिन्न सरसमान भन्सार छलेर ल्याउने र त्यस्ता अबैध सामान केही सिमित व्यापारीले खरिद गर्ने गरेको जानकारी आएपछी अध्यक्ष अग्रवालको यस्तो आग्रह गरे ।
“सबै त्यस्ता छैनन, केही मात्र व्यापारीका कारण यस्तो भन्न बाध्य भएको हुं” उनले भने, “सस्तोमा किन्न पाईने लोभमा तस्करहरुबाट ल्याइएका अवैध मालसमान खरिद गर्दा भन्सार शुल्क तिरेर ल्याइएको सरसमान वेचविखन गर्ने व्यापारी मारमा परिरहेका छन् ।”
खुला सीमानाकाका कारण अवैध कारोवार मौलाउदै गएको भन्दै यसमा प्रहरी प्रशासनले कडाई र निगरानी नगर्दा यहाँको व्यापार व्यवसाय चौपट बन्दै गएको तथा भारतीय बजारमा नेपाली उपभोक्ताको भीड लाग्ने गरेको गुनासो समेत पोखे ।
उनले भने “सप्तरीको व्यापार व्यवसाय फस्टाउन र भन्सारको राजश्व बृद्धिका लागी समेत नाकाहरुमा प्रहरी सकृयता बढाउनु जरुरी छ ।” आर्थिक मन्दी, बैंकको बढ्दो व्याजदर र करको बढ्दो दायरा लगायतका कारण पनि जिल्लाका उधोगी व्यवसायी मारमा परेको भन्दै सरकारले धराशायी बन्दै गएको व्यापार व्यवसाय क्षेत्रलाई उकास्न अविलम्ब उधोगी व्यवसायी मैत्री नीति ल्याउनु पर्ने माग समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ