News Category 2080/02/18
धुलोले स्थानियवासीलाई समस्या
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
राजविराज–छिन्नमस्ता तथा राजविराजको राजदेवी मन्दिर जाने निर्माणाधीन सडकमा गुड्ने गरेको टिपर, ट्रक, बस, अटो लगायतका सवारी साधनले उडाएको धूलोले स्थानियलाई समस्या भएको छ ।
निर्माण कम्पनीले सडकमा पानी नहाल्दा पैदल, साईकलयात्री, मोटरसाइकलयात्री सबै भन्दा बढी समस्यामा पेरका छन् ।
धूलोले राजविराज–छिन्नमस्ता सडक खण्डको पनि विभिन्न भागका स्थानीयवासीन्दा पनि मारमा परेका छन् ।
एकातिर कछुवाको गतीमा निर्माण कार्य भइरहेको छ, अर्काे तीर निर्माण कम्पनीले खनेको सडकमा पानि नहाल्दा यस सडक आसपासका वासीन्दाका साथै उक्त बाटोबाट आवज जावत गर्ने यात्रु मारमा परेको छिन्नमस्ता गाउँपालिका २ निवासी राम अवतार यादवले गुनासो पोखे ।
धूलोका कारण रुघा खोकी, खोक्दा खकार कालो निस्कने, आँखा चिलाउने, रातो हुने लगायतका समस्या भएको स्थानिय भुपेन्द्र मण्डल बताउछन् ।
सडकको दुबै छेऊमा वसोवास गर्ने वासिन्दालाई २४ सै घण्टा आवतजावत गर्ने साना तथा ठूला सवारीका साधनहरुले उडाएको बाक्लो धूलोले समस्या परेको भन्दै अविलम्ब यसतर्फ सम्बन्धित निकायले पहल गर्नु पर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ