News Category 2080/02/23
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा सोमबार राजविराजमा प्रभातफेरी तथा वृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।
डिभिजन वन कार्यालय सप्तरी तथा मधेश प्रदेश कृषि विश्वविद्यालयको संयुक्त आयोजनामा विहान प्रभातफेरीको आयोजना गरिएको हो ।
स्थानीय गजेन्द्र चौकबाट निस्केको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर समापन भएको थियो ।
प्रभातफेरीमा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साह, मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिस्टार डा. भगवान ठाकुर, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कार्की, वरख गणका गणपती दुर्गा बहादुर थापा, राजविराज नगरपालिकाका स्थास्थ्य शाखा प्रमुख निरन्जन यादव, डिभिजन वन कार्यालयका रेन्जर लक्ष्मण साफीका साथै वनका कर्मचारी, मधेश प्रदेश विश्वविद्यालयका छात्रछात्रा तथा विभिन्न संघ संस्थाका प्रतिनीधीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रभातफेरीमा सहभागीले “रुख रोपी स्वच्छ वातावरण कायम गरौ, निजी जग्गामा वुक्षारोपण गरी वातावरण स्वच्छ र सफा राखौ, प्लास्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरण मैत्री विकल्प प्रयोग गरौं” लगायतका सचेतना मुलक नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
वातावरण दिवस कै अवसरमा डिभिजन वन कार्यालय सप्तरीले जिल्ला प्रशासन कार्यालय परिसर तथा जिल्ला स्थित सामुदायिक वनहरुमा समेत विभिन्न जातका हजारौं विरुवा रोपेको छ ।
सो अवसरमा जिल्ला डिभिजन वन कार्यालयका प्रमुख साहले जिल्लामा वन क्षेत्र कम भएकोले खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षारोपण गर्न जोड दिए । वन तथा वातारणमा संकट निम्तने खतरा बढ्दै गएकाले विरुवाको महत्व संसारभर बढेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ