News Category 2080/02/23
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा सोमबार राजविराजमा प्रभातफेरी तथा वृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।
डिभिजन वन कार्यालय सप्तरी तथा मधेश प्रदेश कृषि विश्वविद्यालयको संयुक्त आयोजनामा विहान प्रभातफेरीको आयोजना गरिएको हो ।
स्थानीय गजेन्द्र चौकबाट निस्केको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर समापन भएको थियो ।
प्रभातफेरीमा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साह, मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिस्टार डा. भगवान ठाकुर, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कार्की, वरख गणका गणपती दुर्गा बहादुर थापा, राजविराज नगरपालिकाका स्थास्थ्य शाखा प्रमुख निरन्जन यादव, डिभिजन वन कार्यालयका रेन्जर लक्ष्मण साफीका साथै वनका कर्मचारी, मधेश प्रदेश विश्वविद्यालयका छात्रछात्रा तथा विभिन्न संघ संस्थाका प्रतिनीधीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रभातफेरीमा सहभागीले “रुख रोपी स्वच्छ वातावरण कायम गरौ, निजी जग्गामा वुक्षारोपण गरी वातावरण स्वच्छ र सफा राखौ, प्लास्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरण मैत्री विकल्प प्रयोग गरौं” लगायतका सचेतना मुलक नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
वातावरण दिवस कै अवसरमा डिभिजन वन कार्यालय सप्तरीले जिल्ला प्रशासन कार्यालय परिसर तथा जिल्ला स्थित सामुदायिक वनहरुमा समेत विभिन्न जातका हजारौं विरुवा रोपेको छ ।
सो अवसरमा जिल्ला डिभिजन वन कार्यालयका प्रमुख साहले जिल्लामा वन क्षेत्र कम भएकोले खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षारोपण गर्न जोड दिए । वन तथा वातारणमा संकट निम्तने खतरा बढ्दै गएकाले विरुवाको महत्व संसारभर बढेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ