News Category 2080/02/23
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
मैथिली साहित्य परिषद सप्तरीको अध्यक्ष पदका लागी अजय कुमार झा र अवधेश कुमार झा बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
यस अघि अध्यक्ष पदका लागी उम्मेदवारी दिएका चार जना मध्ये आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं मैथिली भाषा विज्ञ डा.सुर्य प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।
आउँदो असार २ गते हुने निर्वाचनको मनोनयन फिर्ता लिने अन्तिम दिन मंगलवार अजय र अवधेशको उम्मेदवारी कायमै रहेकाले दुबै बीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
अजय परिषदको निवर्तमान सचिव एवं निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् भने अवधेश प्रेस मञ्चका महासचिव हुन ।
परिषदमा कुल ८ सय १७ मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत श्यामसुन्दर झाले जानकारी दिएका छन् । अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएका श्यामसुन्दर यादव र डा.सुर्य प्रसाद यादवको साथ र सहयोग जसले पाउने उसैले बाजी मार्ने अडकलबाजी गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ