News Category 2080/02/24
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनीस्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।
पश्चिमदेखि राजविराजतर्फ आउदै गरेको स.१०प. २६५८ नं.को मोटरसाइकलले सोही सडक खण्डमा बिपरीत दिशाबाट जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट वडा नं. २ सिमरा सिग्यौन निवासी ४५ को नन्दलाल ठाकुर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते ठाकुरको दाहिने आँखाको माथि भागमा काटेको र शरिरको बिभिन्न भागमा चोट लागेकोले उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गरिएकोछ ।
प्रहरीले मोटरसाइकल चालक रुपनी गाउँपालिका २ हरेवा बस्ने १८ वर्षिय मो. सहनसालाई नियन्त्रणमा लिएको छ ।
यस्तै मंगलबारै सोही गाउँपालिका वडा नं. १ जमुनी स्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
राजविराजदेखि पश्चिम तर्फ जादै गरेको स.४प.८७४५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ औरही बस्ने ३७ वर्षिय अजय कुमार साह घाइते भएका छन् ।
उनको अनुहार र शरिरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ