News Category 2080/02/25
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
सप्तरीमा एक युवक र एक महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने विषादी सेवन गरेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
योसँगै जिल्लामा चालु आ.ब. २०७९÷८० को अवधीमा १०० जनाले विभिन्न कारणले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिहीबार जिल्लाको बोदेबर्साईन नगरपालिका वडा न. ८ वैरियाही निवासी २० वर्षिय चित्ररंजन कुमार यादवले स्थानिय बगैचामा आपको रुखमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार जिल्लाको रुपनी गाउँपालिका ५ धुरगाम टोल निवासी २५ वर्षिया बबि दास आफ्नै घरको सुत्ने कोठाको धरैनमा साडिको पासो लगाई झुन्डिएको अवस्थामा मृत्य फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि जिल्लाकै अग्निसाईर कृष्णसवरण गाउँपालिका ५ छबकी बस्ने २२ वर्षिया प्रियङका कुमारी महतोले नाम नखुलेको विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।
विषादी सेवन पश्चात् गम्भिर बिरामी परेपछि उनलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएकोमा सोही अस्पतालमा उपरचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीनै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ