News Category 2080/02/25
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
जिल्लाको एक पालिकाद्वारा किसानलाई प्रोत्साहन गर्न एकपछि अर्को योजना कार्यान्वयनमा ल्याएको छ ।
सप्तरीको रुपनी गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसानको पहिचानका लागि बिहीबारदेखी वर्गिकरणसहितका किसान परिचयपत्र बितरण कार्य शुभारम्भ गरेको छ ।
यसअघि सो पालिकाले किसानलाई प्रोत्साहन गर्न विद्युत प्राधिकरणसँग सम्झौता गरि गाउँपालिकाभित्र संचालित सिंगल फेज कृषि मिटरको सबै किसानको मासिक विद्युत महसुल पनि ब्यहोर्ने निर्णय गरिसकेको छ ।
बिहीबार पहिलो दिन एक कार्यक्रमबीच गाउँपालिकाका विभिन्न वडाका गरि ३९ जना किसानहलाई “किसान परिचय पत्र” बितरण गरिएको छ । गाउँपालिकाका किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि यस्तो योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।
कृषि, पशुपंक्षि तथा मत्स्य क्षेत्रको व्यवसायीकीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण गरि गुणस्तरिय उत्पादन तथा किसानलाई समय समयमा विशेष सुविधा दिन उक्त परिचयपत्र बितरण कार्य प्रारम्भ गरिएको अध्यक्ष यादवको भनाई छ ।
युवालाई कृषि पेशामा आवद्ध गरि उत्पादनमा जोड्न र रोजगार सृजना गरि आयमूलक विशेष कृषि कार्यक्रमको थालनी गरिएको उनले उल्लेख गरे । यो अभियान अझै जारि रहने उनले जानकारी दिएका छन् ।
गाउँपालिकाले किसान वर्गिकरण सम्बन्धी कार्यबिधी गाउँसभाबाट स्वीकृत गराई राष्ट्रिय कृषक समूह महासंघ सँग सम्झौता पश्चात् उक्त योजना अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवले जानकारी दिए ।
राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु कुमार यादव, राष्ट्रिय किसान आयोगका प्रवक्ता जिवन्ती पौडेल, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रतिनिधि कुलप्रसाद रेग्मी, गाउँपालिकाका प्रशासन प्रमुख जामुन कुमार दास लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ