News Category 2080/03/01
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
दैनिक समाचारदाता
राजविराज, १ असार ।
सप्तरीमा शुक्रबार छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते भएका छन् ।
जिल्लाको सुरुङगा नगरपालिका ६ कडरबोनास्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा आमा छोरी घाइते भएका छन् । सो दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.४प.४७६१ न.को मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको पैदल यात्री स्थानिय महुलिया बस्ने ४५ वर्षिया चन्द्रिका चौधरी र उनकी १८ वर्षिया छोरी सुरक्षा कुमारीलाई पछाडीबाट ठक्कर दिएको हो ।
ठक्करबाट आमा चन्द्रिकाको निधार र मुखमा चोट तथा छोरी सुरक्षाको हात र खुट्टामा चोट लागेकोले लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक डाक्नेश्वरी ९ बस्ने २५ वर्षिय देवेन्द्र चौधरी समेत घाइते भएका छन् ।
यस्तै शुक्रबारै जिल्लाको शम्भुनाथ नगरपालिका ११ लहरनिया महादेव चौकस्थित अर्नाहा कठौना भित्री सडक खण्डमा मोटरसाइकलले बाटो काट्ने क्रममा एक पैदल यात्रीलाई ठक्कर दिएको छ ।
अर्नाहाबाट कठौनातर्फ आउदै गरेको प्र.२–०१–००१प.७७२२ नं.को मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री स्थानिय ५५ वर्षिय नागेवर भगतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट भगतको निधार, टाँउको र शरिरको बिभिन्न भागमा चोट लागेकोले उपचारका लागी धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएको छ ।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक वडा नं. १० जमुवा बस्ने १९ वर्षिय किसन कुमार मंडललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ