News Category 2080/03/01
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
दैनिक समाचारदाता
राजविराज, १ असार ।
सप्तरीमा शुक्रबार छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते भएका छन् ।
जिल्लाको सुरुङगा नगरपालिका ६ कडरबोनास्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा आमा छोरी घाइते भएका छन् । सो दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.४प.४७६१ न.को मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको पैदल यात्री स्थानिय महुलिया बस्ने ४५ वर्षिया चन्द्रिका चौधरी र उनकी १८ वर्षिया छोरी सुरक्षा कुमारीलाई पछाडीबाट ठक्कर दिएको हो ।
ठक्करबाट आमा चन्द्रिकाको निधार र मुखमा चोट तथा छोरी सुरक्षाको हात र खुट्टामा चोट लागेकोले लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक डाक्नेश्वरी ९ बस्ने २५ वर्षिय देवेन्द्र चौधरी समेत घाइते भएका छन् ।
यस्तै शुक्रबारै जिल्लाको शम्भुनाथ नगरपालिका ११ लहरनिया महादेव चौकस्थित अर्नाहा कठौना भित्री सडक खण्डमा मोटरसाइकलले बाटो काट्ने क्रममा एक पैदल यात्रीलाई ठक्कर दिएको छ ।
अर्नाहाबाट कठौनातर्फ आउदै गरेको प्र.२–०१–००१प.७७२२ नं.को मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री स्थानिय ५५ वर्षिय नागेवर भगतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट भगतको निधार, टाँउको र शरिरको बिभिन्न भागमा चोट लागेकोले उपचारका लागी धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएको छ ।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक वडा नं. १० जमुवा बस्ने १९ वर्षिय किसन कुमार मंडललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ