News Category 2080/03/01
फुटबल संघ सप्तरीसँग अख्तियारले माग्यो खर्च विवरणको कागजात
दैनिक समाचारदाता
राजविराज, १ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयले जिल्ला फुटवल संघ सप्तरीसँग मधेश प्रदेश सरकारबाट प्राप्त रकमको खर्च विवरण माग गरेको छ ।
मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधिका लागि प्राप्त रकमको दुरुपयोग भएको भन्दै उजुरी आएपछि अख्तियारको कार्यालयले शुक्रवार जिल्ला फुटवल संघ सप्तरीलाई राय सहितको कागजात र विवरण उपलब्ध गराउन पत्र काटेको हो ।
पत्रमा “मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधि संचालन गर्न प्राप्त भएको ७० हजार रुपैयाँ के कुन कामका लागि कसरी खर्च गरियो वा खर्च नभएको भए रकम के कहाँ राखिएको छ ?” उल्लेख छ ।
सोही पत्रमा कागजातहरुको प्रमाणित प्रतिलिपि तथा संघको नेपाल बैंक लिमिटेड शाखा राजविराजमा रहेको खाताको २०७९ बैशाख १ देखि २०७९ कार्तिक २९ सम्मको बैंक स्टेटमेन्ट समेतको प्रमाणित प्रतिलिपि यथाशीघ्र कार्यालयको अनुसन्धान शाखामा पठाउनु भनी उल्लेख गरिएको छ ।
पत्रमा उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ । उजुरी कर्ताको पत्र दर्ता भई सत्य तथ्य बुझ्न अनुसन्धान थालिएको आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ