News Category 2080/03/03
ब्राउन सुगरसहित दुई जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
सप्तरी प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यअन्तरगत मधुवनी जिल्ला थाना जयनगर ग्रामपँचायत बेतौन्हा वडा न. ८ वस्ने २९ वर्षिय सन्तोष कुमार साह र सिरहा नगरपालिका १७ निवासी १९ वर्षिय सुरज कुमार पासवान रहेका छन् ।
मधेश प्रदेश प्रहरी जनकपुरधामका अनुसार शनिबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ भारदह चौकमा बिशेष सुचनाको आधारमा मस्जिद नजिक भारतीय बीआर३२आर७७०३ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सन्तोष कुमार साहको पाईन्टको खल्तीमा कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त पदार्थ बरामद भएको हो ।
ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ ग्राम १९ मिली ग्राम रहेको जनाउँदै प्रहरीले सोही मोटरसाईकलमा पछाडी सवार सुरज कुमार पासवान समेतलाई नियन्त्रणमा लिएको छ । हाल दुबैलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखि थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ