News Category 2080/03/06
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा नं ८ तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशाला बुधबारदेखी संचालनमा आएको छ ।
मधेश प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको अत्याधुनिक जनस्वास्थ्य प्रयोगशालाको बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष मण्डलले निकट भविष्यमै अत्याधुनिक अल्ट्रासाउन्ड समेत सञ्चालनमा ल्याइअझ सुविधा सम्पन्न बनाउने लक्ष्य रहेको बताए ।
प्रदेश सरकारले अत्याधुनिक परीक्षण उपकरणहरू उपलबध गराएपछि गाउपालिकाले आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सन्तोषप्रसाद साहले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्षतथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ७ का अध्यक्ष हरिनारायण मण्डल, स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय लक्ष्मीप्रसाद मण्डल र राधेश्याम यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश कुमार झा सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
ल्याब सेवा लिन राजविराज जानुपर्ने बाध्यता रहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा अत्याधुनिक प्रयोगशाला सञ्चालनले तिलाठी कोइलाडी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिकाका केही वडाका बासिन्दाहरु लाभान्वित हुने तोपा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब बालकुमार साहले जानकारी दिए ।
प्रयोगशालामा न्यून शुल्कमा परीक्षणको व्यवस्था मिलाइएको प्राथमिक स्वास्थ्य केन्द्र तोपाका प्रमुख डा. सन्तोष साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ