News Category 2080/03/14
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरी ‘मिडिया’को नाममा जथाभावी बिल पेश गर्ने र भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर समाचार सम्प्रेशन गर्ने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा जिल्लाका पालिका तथा सरकारी कार्यालयहरुबाट भुक्तानी नपाएपछि युट्युवसहितका सामाजिक सञ्जालमा समाचार प्रकाशन÷प्रशारण भइरहेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ, “सप्तरीको पत्रकारिता क्षेत्र इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा केहि युट्युव र अनलाइनमा काम गर्ने व्यक्तिले समग्र पत्रकारिता क्षेत्र बदनाम गराउने दुस्साहस गरेको अवस्था छ । बिल दिएर भुक्तानी माग्ने र नपाएपछि आधारहिन कुरा जोडेर भिडियो बनाउने, सामाजिक संजालमा लेख्ने कार्य भइरहेको प्रमाणसहित कतिपय कार्यालयले पत्रकार महासंघलाई उपलब्ध गराएको छ । पत्रकारिता गर्दै नगर्ने, अनि भिडियो मात्रै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति ‘पत्रकार’को परिभाषाभित्र नपर्ने गरेको सबैलाई जानकारी नै छ । फेसबुक, युट्युव, टिकटकसहितका सामाजिक सञ्जाल सञ्चारमाध्यम(मिडिया) नभएको पनि सबैमा अवगत भएकै विषय हो ।”
विज्ञप्तिमा “यस्ता काममा संलग्न जो कोहिलाई पनि सचेत हुन आग्रह गर्दै यसपछि पनि यस्ता कार्य दोहरियो भने त्यस्ता दोषी ब्यक्तिमाथि कार्वाही गराउन पत्रकार महासंघ सप्तरी शाखा अग्रसर हुने जानकारीसमेत यसै प्रेस विज्ञप्ती माफ्र्त सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।” भनिएको छ ।
यस्तै विज्ञप्तिमा सप्तरीका पालिका तथा सरकारी कार्यालयहरुलाई पत्रकार महासंघले यसअघि नै समानुपातिक विज्ञापन प्रणाली लागु गर्न पटक–पटक छलफल गर्दा पनि पालिका र सरकारी कार्यालयहरुकै उदासिनताले लागु हुन नसक्दा अहिलेको स्थिती उत्पन्न भएको महासंघको निष्कर्ष रहेको भन्दै यसतर्फ पालिका प्रमुख(जनप्रतिनिधि), पालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य सरकारी कार्यालयका प्रमुखहरुलाई निकट भविष्यमा यसतर्फ गम्भिर हुन सुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ