News Category 2080/03/14
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरी ‘मिडिया’को नाममा जथाभावी बिल पेश गर्ने र भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर समाचार सम्प्रेशन गर्ने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा जिल्लाका पालिका तथा सरकारी कार्यालयहरुबाट भुक्तानी नपाएपछि युट्युवसहितका सामाजिक सञ्जालमा समाचार प्रकाशन÷प्रशारण भइरहेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ, “सप्तरीको पत्रकारिता क्षेत्र इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा केहि युट्युव र अनलाइनमा काम गर्ने व्यक्तिले समग्र पत्रकारिता क्षेत्र बदनाम गराउने दुस्साहस गरेको अवस्था छ । बिल दिएर भुक्तानी माग्ने र नपाएपछि आधारहिन कुरा जोडेर भिडियो बनाउने, सामाजिक संजालमा लेख्ने कार्य भइरहेको प्रमाणसहित कतिपय कार्यालयले पत्रकार महासंघलाई उपलब्ध गराएको छ । पत्रकारिता गर्दै नगर्ने, अनि भिडियो मात्रै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति ‘पत्रकार’को परिभाषाभित्र नपर्ने गरेको सबैलाई जानकारी नै छ । फेसबुक, युट्युव, टिकटकसहितका सामाजिक सञ्जाल सञ्चारमाध्यम(मिडिया) नभएको पनि सबैमा अवगत भएकै विषय हो ।”
विज्ञप्तिमा “यस्ता काममा संलग्न जो कोहिलाई पनि सचेत हुन आग्रह गर्दै यसपछि पनि यस्ता कार्य दोहरियो भने त्यस्ता दोषी ब्यक्तिमाथि कार्वाही गराउन पत्रकार महासंघ सप्तरी शाखा अग्रसर हुने जानकारीसमेत यसै प्रेस विज्ञप्ती माफ्र्त सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।” भनिएको छ ।
यस्तै विज्ञप्तिमा सप्तरीका पालिका तथा सरकारी कार्यालयहरुलाई पत्रकार महासंघले यसअघि नै समानुपातिक विज्ञापन प्रणाली लागु गर्न पटक–पटक छलफल गर्दा पनि पालिका र सरकारी कार्यालयहरुकै उदासिनताले लागु हुन नसक्दा अहिलेको स्थिती उत्पन्न भएको महासंघको निष्कर्ष रहेको भन्दै यसतर्फ पालिका प्रमुख(जनप्रतिनिधि), पालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य सरकारी कार्यालयका प्रमुखहरुलाई निकट भविष्यमा यसतर्फ गम्भिर हुन सुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ