News Category 2080/03/14
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, १४ असार ।
राजविराज २ निवासी दिपक रायको मृत्यु प्रकरणमा उनका केटी साथीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
रायको राजविराजस्थित सिन्हा लँजमा mभस्असार ९ गते हत्या भएको परिवारका सदस्यले दाबी गरिरहेको बेला उनका केटी साथी बिराटनगर उपमहानगरपालिका बाँसबारी बस्ने पार्वती ऋषीलाई नियन्त्रणमा लिई प्रहरी अनुसन्धान सुरु गरेको हो ।
२१ वर्षिय रायको सिन्हा लँजको १०७ नम्बर कोठामा पाँच दिन अघि मृत शरीर फेला परेको थियो । मृतकका हजुरबुबा नागेश्वरले बिहीबार संचारकर्मीहरुलाई न्यायका लागि गुहार गर्दै नातीको हत्या भएको दाबी गरेका छन् । नातीको मृत्यु भएको पाँच दिन बितिसक्दा पनि पोस्टमार्टम रिपोर्ट तथा घटनाको सत्यतथ्य प्रहरीले सार्वजनिक नगरेको उनको गुनासो पनि छ । घटना बारेमा सत्यतथ्य बुझी चाडो भन्दा चाडो छानबिन गरि यथासिघ्र दोषि पत्ता लगाई कारवाही गर्न परिवारजनले स्थानिय प्रशासनसँग माग समेत गरेका छन् ।
मृतकका बुबा मुकेशका अनुसार छोरा दिपक आफ्नो केटी साथी पार्वती ऋषिसँग असार ७ गते देखी सो लँजमा बस्दै आएका थिए । दुई दिनपछि असार ९ गते उनी बसेकै कोठामा मृत अवस्थामा फेला परेका थिए । उनीसँगै रहेकी पार्वतीले आफु बाथरुमतिर गएको बेला भित्रबाट चुकुल लगाई भेन्टिलेशनमा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको बताउँदै आएकी छिन् ।
तर, दिपकका परिवारजनले आत्महत्या नभई केटी र उनका आफन्तको मिलोमतोमा हत्या गरेको दाबी गरेका छन् । दिपकका बुबा मुकेशले मृत्युको प्रकृती र घटनास्थलको अवस्थाले त्यो आत्महत्या नभई हत्या नै भएको पुष्टि गरिरहेको बताए । छोराको नाक, मुखमा चोटको दाग देखिनु, रगत बगिरहनु झुण्डिएको भनिएपनि प्रहरी पुग्दा शव भुईमा भेटिनु, शरीरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या नभएर हत्याको संकेत भएको बुबा मुकेशले बताए ।
उनले केटीका आफन्तबाट मोबाइलमार्फत बेला बेलामा छोरालाई ज्यान मारिदिने धम्की आउने गरेको र सो रेकर्ड आफुसँग सुरक्षित रहेको समेत जानकारी दिएका छन् । उनले शुक्रबार प्रहरीमा यस बारे जाहेरी दर्ता गर्ने जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले घटनास्थलको प्रकृतीले आत्महत्या हुन सक्ने देखिएपनि पोष्टमार्टम रिपोर्ट आइसकेपछि सबै सत्यतथ्य जानकारी गराउने बताए । उनले दिपकका केटी साथीलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ