News Category 2080/03/15
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित

दैनिक समाचारदाता
राजविराज, १५ असार ।
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय एक बयोबृद्ध किसानलाई शुक्रबार सम्मान गरिएको छ । शमसान घाटको रुपमा प्रयोग भइरहेको उक्त जग्गामा फलफुल खेती लगाउन सफल सप्तरीको तिरहुत गाउँपालिका ४ डिमन निवासी ९१ वर्षिय अयोधि यादवलाई कृषि ज्ञान केन्द्रले एक समारोहकाबीच सम्मान गरेको हो ।
राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले अयोधिलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरेका हुन् । उत्कृष्ट ब्यवसायीक फलफुल खेती गरेकाले उनको योगदानको उच्च मुल्याङ्कन गरि सम्मान गरिएको केन्द्रका प्रमुख यादवले बताए ।
तिरहुत गाउँपालिका ४ डिमनस्थित १२ बिगहा जग्गामा करिब चार दशकदेखी नियमित खटेर विभिन्न जातका फलफुल उनले लगाएका थिए । उनको प्रेरणाबाट अन्य गाउँले पनि बाँझो छोडिराखेको जग्गामा अहिले फलफुल खेती सुरु गरेका छन् । सम्मानित अयोधि अहिले पनि खेतीपाति मै लागेका छन् ।
यसै उपलक्ष्यमा केन्द्र प्रमुख यादवले कार्यालय परिसरमा नवनिर्मित कृषक प्रतिक्षालय भवनको समेत उद्घाटन गरेका छन् ।
कार्यक्रममा कृषि विज्ञ डा. देवनाथ यादव, बालि अधिकृत किसुनदेव राउत, दिनेश यादव, राष्ट्रिय कृषक महासंघका केन्द्रिय सदस्य सुमिन्द्रा चौधरी, गैसस महासंघ मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मण यादव, राष्ट्रिय कृषक महासंघ मधेश प्रदेशका सचिव भुपेन्द्र प्रसाद यादव, पत्रकार चन्दन यादव, कृषि विज्ञ एवं राजनीतिकर्मी विकास तिवारी लगायतले शुभकामना दिँदै कृषि प्रधान मुलुक भनिएपनि कृषि क्षेत्रमा सरकारबाट सो अनुसारको लगानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ