News Category 2080/03/17
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
मधेश प्रदेशका मुख्य न्यायधिवक्ता बिरेन्द्र कुमार ठाकुरले मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लावाट कानुनी सहायता कार्यालयको स्थापना गरी बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता गर्दै आएको बताएका छन ।
मुख्य न्यायधिवक्ता कार्यालय मधेश प्रदेश जनकपुरधाम कार्यालयद्वारा राजबिराजमा आयोजित समुदायसँगको संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
मुख्य न्यायधिवक्ता कार्यालय जनकपुरका प्रमुख मनोज प्रसाद गुप्ताले मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका बिपन्न वर्ग र आर्थिक रूपमा कमजोरलाई मुद्दामा प्रतिरक्षाको रूपमा काम गर्दै आएको बताउदै समुदायमा परिचित गराउन कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।
सो अवसरमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका प्रमुख गोकुल सापकोटाले मुख्य न्यायधिवक्ता कार्यालयले निशुल्क कानुनी उपचारका लागी सेवा प्रवाह हुने र प्रतिरक्षाको प्रतिनिधित्व गर्दै आएको जिकिर गरे ।
प्रदेश कानुन अधिकृत अस्मिता थापाले संचालन गरेको कार्यक्रममा कृषि बिश्वबिद्यालयका उपकुलपति डा बैद्यनाथ महतोले राज्यले निशुल्क न्याय प्रणालीवाट अन्यायमा परेका समुदायका बिपन्न, महिला, गरिब, आर्थिक रूपमा कमजोर तथा न्याय पहँुच नपुगेका लागी फलदायी भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ