News Category 2080/03/17
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
मधेश प्रदेशका मुख्य न्यायधिवक्ता बिरेन्द्र कुमार ठाकुरले मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लावाट कानुनी सहायता कार्यालयको स्थापना गरी बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता गर्दै आएको बताएका छन ।
मुख्य न्यायधिवक्ता कार्यालय मधेश प्रदेश जनकपुरधाम कार्यालयद्वारा राजबिराजमा आयोजित समुदायसँगको संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
मुख्य न्यायधिवक्ता कार्यालय जनकपुरका प्रमुख मनोज प्रसाद गुप्ताले मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका बिपन्न वर्ग र आर्थिक रूपमा कमजोरलाई मुद्दामा प्रतिरक्षाको रूपमा काम गर्दै आएको बताउदै समुदायमा परिचित गराउन कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।
सो अवसरमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका प्रमुख गोकुल सापकोटाले मुख्य न्यायधिवक्ता कार्यालयले निशुल्क कानुनी उपचारका लागी सेवा प्रवाह हुने र प्रतिरक्षाको प्रतिनिधित्व गर्दै आएको जिकिर गरे ।
प्रदेश कानुन अधिकृत अस्मिता थापाले संचालन गरेको कार्यक्रममा कृषि बिश्वबिद्यालयका उपकुलपति डा बैद्यनाथ महतोले राज्यले निशुल्क न्याय प्रणालीवाट अन्यायमा परेका समुदायका बिपन्न, महिला, गरिब, आर्थिक रूपमा कमजोर तथा न्याय पहँुच नपुगेका लागी फलदायी भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ