News Category 2080/03/17
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादवबिरुद्ध नागरिकता प्रकरणमा आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलासले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएपछि मुद्दा दर्ता भएको हो ।
डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपमेयरसमेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश गरेको हो ।
निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहरी अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश अनुसार ३ गते प्रमाणीकरण गरि सरकारी वकिलमार्फत जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएर मुद्दा दर्ता गरेको हो ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको भोटर लिष्टमा समेत मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणसमेत उजुरीका साथमा समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ