News Category 2080/03/18
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
दैनिक समाचारदाता
राजविराज, १८ असार ।
सप्तरीको रुपनी गाउँपालिकालाई सोमबार पुर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा आयोजित घोषणासभामा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
यस्तै सोमबारै रुपनी जनस्वास्थ्य प्रयोगशालाको शुभारम्भ समेत गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले गुणस्तरिय स्वास्थ्य सेवाका लागि गाउँपालिकामै ल्याब सेवा शुभारम्भ गरेको बताए ।
उनले महँगो शुल्कमा बाहिर गएर विभिन्न जाचहरु गराउनु पर्ने बाध्यता हटाएर गुणस्तरिय जाच सेवा पालिकामै सुरुवात गरिएकोले यसबाट आमजनता लाभान्वित हुने विश्वास ब्यक्त गरे ।
पूर्णखोप सुनिश्चित गर्न १२ महिनादेखी २३ महिनासम्मका सम्पूर्ण बालबालिकालाई खोपको पूरा मात्रा लगाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले बताए । स्थानिय स्वास्थ्य केन्द्र र खोप क्लिनिक मार्फत बालबालिकालाई खोप लगाइएको उनको भनाई छ ।
त्यस्तै अध्यक्ष यादवले गाउँपालिकाका किसानहरुका लागि ल्याएको निशुल्क कृषि मिटर योजना अन्तरगत नेपाल विद्युत प्राधिकरणलाई कृषि मिटर जडान गरे वापत रु. ७ लाख रुँपैयाको चेक हस्तान्तरण गरेका छन् ।
उनले आउने दिनमा पनि किसानका लागि सिचाई र कृषि मिटर निशुल्क गर्ने प्रतिबद्धता समेत जनाए ।
एकै दिन गाउँपालिकामा भएको तीन वटा कार्यक्रममा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, प्रशासकीय अधिकृत जामुन कुमार दास, जिल्ला समन्वय समितिका उपाध्यक्ष शम्भु यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ