News Category 2080/03/19
दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
नेपाल र भारतका गरि दुई देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादव बिरुद्ध पक्राउ पूर्जी जारि गरिएको छ ।
उनीहरु दुबै जना बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ पूर्जी जारि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिदै दुबै जनाको खोजतलास सुरु गरिएको बताए ।
डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।
परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । कृष्णाले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ