News Category 2080/03/20
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
दैनिक समाचारदाता
राजविराज, २० असार ।
बाँध कटान हुन थालेपछि स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ पोर्ताहास्थित महुली पुलमा बुधबार सडक अवरुद्ध गरेपछि प्रहरीले राजमार्ग खोलाउन लाठीचार्ज र एक राउण्ड हवाई फायर गरेको छ ।
वर्षायाममा हरेक वर्ष महुली नदीको बाँध भत्किएर बस्तीमा पानी पस्ने गरेको भन्दै स्थानीयहरुले बुधबार बाँध कटान हुन थालेपछि राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्थानीयहरुले राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले राजमार्ग खोलाउन सामान्य लाठी चार्ज र हवाई प्रहार गरेको प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
सो वडामा बसोवास गर्दै आएका डोम समुदायको बस्ती नै डुवानमा परेपछि सडक अवरुद्ध गरेका हुन् । प्रहरीले सामान्य बल प्रयोग गरेपछि सडक जाम खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ