News Category 2080/03/20
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी

दैनिक समाचारदाता
राजविराज, २० असार ।
बुधबार बिहानैदेखी परेको अविरल वर्षाका कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा परेको छ । अस्पताल परिसरमा पानी निकासको व्यवस्था नहुँदा अस्पताल डुवानमा परेको हो ।
अस्पताल डुबान हुँदा ओपीडी, एक्सरे र फार्मेसीमा पानी पसेको छ । जसकारण सेवा समेत प्रभावित भएको छ ।
वर्षाका कारण राजविराज ६ स्थित हुलाकी सडक खण्डमा पानी जमेको छ । यस्तै नगरका विभिन्न वडामा वर्षाको पानी घर घरमा पसेको छ । नालाको सफाई नहुँदा नलाबाट बग्ने पानी माथीबाटै बगेपछि घर घरमा पसेको हो ।
यस्तै अविरल वर्षाका कारण राजविराजसहित जिल्लाभरिका शैक्षिक संस्थाका पठनपाठन प्रभावित भएको छ भने जनजीवन प्रभाबित बनेको छ ।
बुधबार भएको वर्षाले धान रोपाइमा मद्दत पुगेको छ । जसले गर्दा किसानहरुले राहत महसुस गरेका छन् ।
यस्तै वर्षासँगै सप्तकोशी नदीमा बाढी आएको छ । बुधबार बिहान १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड पानीको बहाव १ लाख २६ हजार १६५ क्यूसेक रेकर्ड भएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । कूल ५६ वटा ढोका मध्ये १८ वटा ढोका खोलिएको छ ।
बिहानैदेखी भएको लगातारको वर्षाले जिल्लाका नदी, नाला, खोलाको जलस्तर बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सप्तकोसीको सहायक नदीहरुमा जलस्तर उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ