News Category 2080/03/25
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
विगत चार दिनदेखी मरेको बाछीलाई ब्यवस्थापन गर्न नसक्दा र मरेको बाछी गन्हाउन थालेपछि सोमबार बिहान ९ बजदेखी राजविराज वडा नं. ८ स्थित सडकखण्डमा स्थानियले चक्काजाम गरेका छन् ।
राजविराज वडा नं. ८ स्थित रुपनी सडक खण्डको महेश लुइटेलको घर अगाडी शुक्रबार साँझदेखी उक्त मरेको बाछी रहेको छ । तर, स्थानिय पालिका र सम्बन्धीत वडाले मरेको बाछीलाई ब्यवस्थापन गर्न कुनै पहल नगरेको भन्दै स्थानियहरुले सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।
स्थानिय सुनिल परियारले भने, “चारदिन देखी मरेको बाछी वडा कार्यालयले उठाउन कुनै पहल नगरेको र शुक्रबार बिहानदेखी मरेको बाछी गन्हाउन थालेपछि बाध्य भई सडक अवरुद्ध गरेका हौं ।”
यस सम्बन्धमा वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलसँग सम्पर्क गर्दा उनले आइतबार दिनभरी मरेको बाछीलाई व्यवस्थापन गर्न पहल गर्दा पनि कुनै साधन नभेटिएकोले अहिले नै मरेको बाछीलाई त्यहाबाट उठाउन पहल सुरु गरेको जानकारी दिए ।
यसैबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनसँग सम्पर्क गर्दा आफूलाई त्यस विषयमा जानकारी नभएको र कसैले पनि नभनेको भन्दै अहिले नै जेसिभी पठाएर मरेको बाछी उठाउने जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ