News Category 2080/03/26
परिक्षा दिन हिडेका बालकको ट्रकको ठक्करबाट ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, २६ असार ।
परिक्षा दिन साइकल चढेर विद्यालय जाँदै गरेका एक बालकको मंगलबार बिहान ट्रकको ठक्करबाट ज्यान गएको छ ।
सप्तरीको रुपनी गाउँपालिका १ वस्ने १२ वर्षिय मो.रहमानलाई विहान करिब ६ बजे तिर रुपनी चौकस्थित मधेश प्रदेश प्रहरी जोगेन्द्र–ठाकोदेवी अस्पताल नजिककै ट्रकले ठक्कर दिएको हो ।
साईकल चढेर खोक्सरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा जाँदै गरेका रहमानलाई अचानक पछाडीबाट आईरहेको को.१प.१०८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनी कक्षा ७ मा अध्यनरत थिए ।
उनलाई तत्कालै स्थानीय र प्रहरीले उद्दार गरी तीन किलो मिटर टाढामा अवस्थित युनिक अस्पताल पु¥याए । त्यहाँ उपचार सम्भव नभएपछी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार उपचार कै क्रममा उनको मृत्यु भएको जानकारी दिएका छन् ।
डिएसपी सिंहले ठक्कर दिने ट्रक र चालक मोरंगको बुढी गंगा गाउँपालिका ३ वस्ने ३६ वर्षिय राम बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको जानकारी दिए ।
यता बालकलाई ठक्कर दिएपछि आक्रोसित स्थानीयवासीले विहानैदेखी पुर्वपश्चिम राजमार्ग अन्तर्गतको रुपनी खण्डमा आवागमन अवरुद्ध पारेका थिए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव लगायतको पहलमा दिउसो ३ः३० बजेतिर आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ ।
चालकलाई कानुन बमोजिम कारवाही गर्ने तथा मृतकपरिवारलाई उचित क्षतीपुर्ती दिने सन्र्दभमा आगामी विहीवार गाउँपालिकाका प्रतिनीधी, सुरक्षा निकायका प्रमुख तथा मृतकका आफन्त समेतलाई राखी बैठक वसी आवश्यक निर्णय लिने सहमती भएको गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ