News Category 2080/03/28
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
६९ वर्ष देखि अडकिएको मुआब्जा समस्या समाधान गर्न कोशी कटान पीडितले माँग गरेका छन् ।
कोशी पीडितहरुले बुधवार सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारी मार्फत प्रधानमन्त्री सहित अन्य सरेकारवालाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । कोशी नदी कटान डुबान पीडित संघर्ष समिती सुनसरी, उदयपुर र सप्तरीले संयुक्तरुपमा बुझाएको ज्ञापन पत्रमा भारत सरकारले सम्झौता गर्दा भएको सहमती अनुसार मुआब्जा र बालीनालीको क्षतीपुर्ती १५ दिन भित्र उपलब्ध नगराइए संघर्षका कार्यक्रमहरु अघि बढाइने चेतावनी समेत दिइएको छ ।
वि.स.२०११ सालमा नेपाल–भारत बीच भएको कोशी सम्झौता अनुसार कोशी योजना अन्तर्गत परेको जग्गाको मुआब्जा तथा क्षति भएको बालीनालीको क्षतिपुर्ती भारत सरकारले दिनु पर्ने उल्लेख रहेको छ । सुनसरीको चतरा देखी भारतीय सिमा क्षेत्र कुनौली बोर्डर सम्मको दु्बै तटबन्ध बीचमा पर्ने हजारौ विगहा बाली कोशीको बाढीले वर्षेणी क्षती हुने गरेको भएपनि यसको क्षतीपुर्ती प्राप्त नभएको ज्ञापन पत्रमा उल्लेख छ ।
सप्तरी, सुनसरी र उदयपुरका पीडित किसानहरुले बालीमा भएको क्षतिको विवरण विराटनगर स्थित सम्र्पक तथा भु–आर्जन कार्यालयमा पठाए पनि क्षतिपुर्ती दिने काम न भएको बारे ज्ञापन पत्रमा ध्यानाकर्षण गराइएको छ ।
किसानहरुको हजारौ विगहा जग्गा कटान भएको तथा बालीमा भएको क्षतिका बारेमा सन.२०१२ मा दिल्लीमा भएको नेपाल–भारत सिचाई जलश्रोत मन्त्रीस्तरीय वैठकमा समेत वाली क्षतिपुर्ती दिने निर्णय भएको, सन २०१४ मा काठमाण्डौमा आयोजित विदेश मन्त्रीस्तरीय बैठकको २६ बुंदे निर्णयमा समेत यो विषय समावेश हुदा पनि अहिले सम्म पीडितहरुले केही पाउन न सकेकोे संघर्ष समितीका संयोजक महिदेव प्रसाद चौधरीको भनाई छ ।
किसानहरु माथी परेको पिडालाई दृष्टीगत गरी २०६६ साल साउन ३२ गते देखि असोज ८ गते सम्म कोशी ब्यारेजमा रिले अनशन तथा अरु वेला पनि पटक÷पटक आन्दोलन गर्दा समेत आपूmहरुको माँग बारे सुनुवाई नभएको उनले बताए ।
संघर्ष समितीका कोषाध्यक्ष काशिम अंसारीले कोशी सम्झौताको भारत सरकारबाट पालना र कार्यान्वयन हुनु पर्ने, बालीनालीको क्षतिपुर्ती अविलम्व उपलब्ध गराउनु पर्ने तथा १ सय ९९ वर्ष लिजमा रहेको नेपाली किसानको जग्गा जमिनको सुरक्षा तथा नाप, नक्शा अविलम्ब गरिनु पर्ने आपूmहरुको प्रमुख माँग रहेको बताए ।
कोशी सम्झौताको पुर्ण कार्यान्वयन तथा भारतबाट वालीनालीको क्षतिपुर्ती दिलाउने बारे १५ दिन भित्र ठोस निर्णय न भए चतरा देखी कुनौली बोर्डर सम्मको कोशी योजनाद्वारा गरिने निर्माण काममा अवरोधका साथै सडक ठप्प पार्ने ज्ञापन पत्रमा चेतावनी दिएको छ ।
संघर्ष समितीका अध्यक्ष चौधरी, कोषाध्यक्ष अन्सारी, सह संयोजकद्वय ज्योति झा, दुर्गानन्द चौधरी लगायतको अगुवाईमा बुझाइएको ज्ञापन पत्रको बोद्यार्थ भारतीय राजदुतावास, जलसंसाधन विभाग कोशी योजना भारत तथा सम्र्पक तथा भु–आर्जन कार्यालय कोशी योजना विराटनगर समेतलाई दिइएको छ ।
ज्ञापन पत्र बुझदै सहायक प्रजिअ अधिकारीले तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ