News Category 2080/03/28
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रुवी गुप्तासहित ९ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतले बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, योजना शाखा प्रमुख रमेश मरिक यादव, प्राविधिक शाखा प्रमुख सवइन्जिनियर सन्तोषकुमार रजक र सहलेखापाल सुभाष चन्द्र लाललाई दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित ९ जना विरुद्ध २०७९ वैशाख ४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बलान विहुल गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको दाबी सहित आयोगले मुद्दा दायर गरेको थियो ।
फिल्डमा देखिएको भन्दा नापी किताबमा बढी देखाएर भुक्तानीको लागि कागजात पेस गरेको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ को विनियोजित रकममध्ये बलान विहुल गाउँपालिका वडा नम्बर ४ को अधुरो वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवाप्रवाह भइरहे पनि कामभन्दा बढी भुक्तानी भएको आयोगको दाबीलाई विशेष अदालतले पनि उचित ठहर गरेको छ ।
फिल्डमा नभएको÷नगरेको कामको मूल्यांकन गरी गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको दाबी थियो। अख्तियारले उनीहरुसँग १० लाख ५ हजार ४९७ रुपैयाँ बिगो दाबी गरेको थियो ।
बलान विहुल गाँउपालिका वडा नं. ४ वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुशीलकुमार यादव, कोषाध्यक्ष रम्भादेवी यादव र सचिव शिवशंकर मण्डलले फिल्डको कार्यभन्दा बढी मूल्यांकन गरी कार्यसम्पन्न भयो भनी सम्झौता विपरीत कार्य गरी भुक्तानी माग गरेको अख्तियारले विषेश अदालतमा पेश गरेको मिसिलमा उल्लेख गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ