News Category 2080/03/28
श्रमिकको तलब २५ हजार निर्धारण माग गर्दै प्रदर्शन र ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
मासिक पारिश्रमिक न्यूनतम २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा बिहीबार प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
श्रमिकहरुको जीवनयापनमा सहजताका लागि सो प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन पत्र पठाइएको हो ।
ट्रेड यूनियनका जिल्ला अध्यक्ष मनोज कुमार मण्डल नेतृत्वको टोलीद्वारा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा मार्फत पठाइएको ज्ञापन पत्रमा वर्तमान समयको मूल्य वृद्धि र महगीलाई ध्यानमा राखी श्रमिकहरुको जीवन सहजताका लागि न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गरिनु पर्ने माग गरिएको छ ।
अनौपचारीक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई आकाशिदो बाजार मूल्यले हात–मुख जोडने समस्यामा समेत पारेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत हाल निर्धारण गरिएको अव्यवहारिक र अपूग पारिश्रमिकलाई समयसापेक्ष बनाउन माग गरिएको छ ।
उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन पनि श्रमिकहरुको जीवनस्तरमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत श्रमिकको मासिक पारिश्रमिक २५ हजार निर्धारण नगरिए कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले तत्कालै सो ज्ञापन पत्र सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएको ट्रेड यूनियन काँग्रेस सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ