News Category 2080/03/28
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि तेश्रो पटक म्याद थप गरिएको छ ।
सप्तरी जिल्ला अदालतले पहिलो पटक गत बिहीबार अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेकोमा दोश्रो पटक आइतबार पाँच दिन र तेश्रो पटक बिहीबार चार दिनका लागि म्याद थप गरेको छ ।
नेपाल र भारतको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवले असार २० गते आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् ।
सोही कसुरका आरोपी उनका श्रीमान् महेन्द्र भने फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ