News Category 2080/03/28
भुक्तानी रकम दिलाउने प्रतिबद्धतापछि राविनपाको तालाबन्दी तथा धर्ना कार्यक्रम स्थगित
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
राजविराज नगरपालिकामा चार दिनदेखी लागेको ताला बिहीबार विकास निर्माण कामको बाँकी भुक्तानी रकम दिलाउने प्रतिबद्धतापछि खोलिएको छ ।
विकास निर्माणको काम सकिएपनि भुक्तानी नदिएको भन्दै चार दिन देखि विभिन्न उपभोक्ता समितिका पदाअधिकारी तथा फर्मका संचालकहरु नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुख्यद्वारमै धर्नामा बसेका थिए ।
कार्यवाहक नगर प्रमुख इसरत परविनले सो प्रतिबद्धता व्यक्त गरेपछि उपभोक्ता समिति तथा विभिन्न फर्मका संचालकले चार दिनअघि गरेको तालाबन्दी तथा धर्ना कार्यक्रम स्थगित गरेका छन् ।
कार्यवाहक नगरप्रमुख परविनले आन्दोलनरत पक्षसँग वार्ता गरी नगरक्षेत्रमा सम्पन्न भएका कामहरुको भुक्तानीको लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन स्थगन गरिएको उपभोक्ता समितिका अध्यक्ष मध्येका एक लक्ष्मण यादवले बताए ।
सडक बोर्डका योजना, सर्शत अनुदान अन्तर्गतका योजना, वडास्तरीय योजनासहितका विभिन्न योजनाको सम्पन्न भइसकेका कामको अनुगमन गरी भुक्तानीका लागि पहल गर्ने कार्यवाहक प्रमुख परबिनले प्रतिबद्धता जनाएको अर्का उपभोक्ता समितिका अध्यक्ष विनोद यादवले बताए ।
गत सोमवारदेखि तालाबन्दी गरी कार्यालयको मुल गेटमै धर्नामा बसेपछि नगरपालिकाको सबै कामकाज ठप्प भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ