News Category 2080/03/31
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
नेपालमा पहिलो पटक यौन र प्रजनन स्वास्थ्य अधिकार बारे अन्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एन.एम.एस.एस.) को आयोजनामा भदौ ३० देखी असोज ३ गते सम्म धुलीखेलमा कार्यक्रमको आयोजना हुने भएको छ ।
५० देशको सहभागिता सहित आईएफ एम एस ए एशिया प्रशान्त यौन र प्रजनन स्वास्थ्य अधिकार (एस.आर.एच.आर.) समर स्कुल आयोजना हुने आयोजक नेपाल मेडिकल स्टुडेन्ट सोसाईटका अध्यक्ष डा.नविन गौतमले जानकारी दिएका छन् ।
उक्त समर स्कुलले ५० देशबाट आएका प्रतिनीधीहरुलाई एस आर एच आर र त्यसका विभिन्न क्षेत्रहरुको बारेमा जानकारी अदान प्रदान गर्ने डा.गौतमको भनाई छ । समर स्कुलले प्रजनन स्वास्थ्य, लैङ्गिक समानता र मानवीय अधिकारको विविध पक्षबारे समेत प्रकाश पार्ने जनाइएको छ ।
कार्यक्रममा प्रतिनीधीहरु व्याख्यान, कार्यशाला, र नेटवर्किङ्ग कार्यक्रममा पनि सहभागी हुने छन् । उनीहरु स्थानीय स्वास्थ्य संस्थाको भ्रमण तथा नेपालमा एस आर एच आरको चुनौती र सम्भावनाहरुका बारे समेत जान्ने अवसर पाउने छन । यो समर स्कुलले चिकित्सा छात्रहरुलाई एस आर एच आरको बारेमा सिकाउने र विश्वभरका छात्रछात्राहरुसंग नेटवर्किङ्ग गर्ने अवसर प्राप्त गर्ने छन् । यसले नेपालमा एस आर एच आरको प्रगतिका लागी निकै मदत पुग्ने विश्वास गरिएको डा.गौतमले बताए ।
कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी शूरु गरिएको कार्यक्रम संयोजक डा.ऋचाश्री ढुंगानाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ