News Category 2080/03/31
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
राजविराज जनस्वाथ्य प्रयोगशाल बिहानैदेखी खुल्ने भनिएपनि हाल कार्यालय समय १० बजे खुल्ने र ५ बजे बन्द हुने गरेको छ ।
नगरवासीलाई सहुलियत दरमा थोरै शूल्क मात्र लिएर रगत परिक्षण गर्ने उदेश्यका साथ मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा गत जेठ १ गते यो प्रयोगशाला संचालनमा ल्याइएको हो ।
प्रयोगशालाको उद्घाटन गर्दै राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले स्वास्थ्य उपचार सबैका लागी सहज र छिटो छरितो बन्न सकोस भन्ने उदेश्यका साथ यो प्रयोगशाला स्थापना गरिएको र यो विशेष सहुलियत दिएर संचालनमा ल्याइएको बताइएकी थिइन । तर यस्तो हुन न सकेको सेवा लिन आउने विरामीहरुको गुनासो छ ।
स्थानिय राम किसुन साह विगत ३ दिन देखि बिहान ७ बजे प्रयोगशाला आउने गरेका छन् तर उनी निराश भई फर्किने गरेका छन । ७० वर्षिय साह खाली पेटमा रगत जचाउनु पर्ने भएपनि विहान अवेर सम्म प्रयोगशाला नखुल्दा निराश भई फर्कनु परेको हो । यस्तो समस्या प्रयोगशला नजिकै घर भएका सुखराम मंडलको पनि छ ।
मंडलले रगत जचाउँन विहान विहानै धाउँदा पनि प्रयोगशालको ढोका बन्द देखेपछि जाँच गराउन नपाई फर्किनु परेको गुनासो पोखे । प्रयोगशालामा गरिब, असहाय तथा विपन्न समुदायका विरामीलाई स्वास्थ्य जाँचमा सहुलियत पुग्ने जुन विश्वास गरिएको थियो, त्यो अनुसारको व्यवस्था नभएको बताए ।
प्रयोगशालमा जेष्ठ नागरिकका लागी सबै प्रकारका जाँचमा ७५ प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ । डेंगु, मलेरिया र एच आई भी एडसको निःशुल्क परिक्षण गरिनुका साथै विभिन्न ६२ प्रकारका रोगहरुको यहाँ परिक्षण हुने ब्यवस्था मिलाइएको छ ।
प्रयोगशालामा न्युनतम २५ रुपैया देखि अधिकतम ३ सय रुपैया सम्म सर्वसाधारणका लागी शुल्क निर्धारण गरिएको छ । ग्यास्ट्रिक, साईटिस, एच सायोलोरी, लिक्यु्डको प्रोफाईल र आर एफटी जाँचको ३ सय रुपैया शुल्क निर्धारण गरिएको छ ।
दिसा, पिसाब, आरवीसी, मधुमेह लगायतको जाँच शुल्क २५ रुपैया मात्र तोकिएको प्रयोगशालाकी इन्र्चाज नितु देवको भनाई छ । तर नगरपालकाको समय तालिका अनुसार संचालन हुने भएकाले विहानका समयमा आउने विरामीको परिक्षणमा कठिनाई हुने गरेको उनको कथन छ । उनले २ जना स्वाथ्यकर्मी मात्र रहदा पनि विहानको सेवा दिन कठिनाई भएको बताइन ।
१० बजे पछि मात्र प्रयोगशाला खुल्ने भएका कारण विहान खाली पेटमा जाँच गर्नू पर्ने रगतको जाँच हुन न सकेको मधुमेहका रोगीहरुको गुनासो छ । शुक्रवार आधा दिन मात्र सेवा दिने र शनिवार पुर्णरुपमा बन्द रहनाले त झन सेवा प्रभावकारी बन्न सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ