News Category 2080/04/01
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
उच्च अदालत जनकपुर–राजविराज इजलासले आ.ब. २०७९÷८० मा लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट गरेको छ । उक्त आ.ब. मा अदालतले ६१ दशमलव ७६ प्रतिशत मुद्दा फर्छयौट गर्ने लक्ष्य राखेको थियो ।
सो आ.ब. मा अदालतमा दर्ता भएको कुल मुद्दाको ४१ दशमलव ६४ प्रतिशत मुद्दा फर्छयौट भएको अदालतले जनाएको छ ।
न्यायाधिश हरि प्रसाद भण्डारीको अध्यक्षतामा आयोजित “संचारकर्मीहरु संगको अन्तरक्रिया” कार्यक्रममा आ.ब. २०७९÷८० मा २ हजार ६ सय मुद्दा फर्छयौटका लागी अघिल्लो वर्षबाट आएको जानकारी दिइएको छ ।
त्यस्तै नयाँ दर्ता भएका मुद्दाको संख्या ३ हजार १ सय ५० गरी कुल ५ हजार ७ सय ५२ मुदाको फर्छयौट गर्ने जिम्मेवारी आएकोमा २ हजार ३ सय ९५ मुदा फर्छयौट भएको छ । जुन ४१ दशमलव ६४ प्रतिशत हुन आउँछ ।
फर्छयौट गर्न बाकि रहेका ३ हजार ३ सय ५७ मुद्दाको जिम्मेवारी २०८०÷८१ का लागी सरेको उनले बताए । न्यायधिश भण्डारीले कतै कानूनी जटिलता त कतै दरबन्दी अनुसारको न्यायाधिश र जनशक्ती नहुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको बताए । यद्दपी अदालतको जनशक्ती तथा उपलब्ध साधनश्रोतका अनुसार काम संतोषजनक भएको उनको दाबी छ ।
उनले २०७९÷८० को असार मसान्त सम्ममा २ वर्ष नाघ्ने मुद्दाको कुल संख्या ६ सय ४० रहेकोमा ६ सय ३२ लाई फर्छयौट गरेको र यसलाई निकै संतोषजनक उपलब्धीको रुपमा लिएको बताए । उनले समग्रमा जिम्मेवारी सरेर अघिल्लो वर्षबाट आएको २ हजार ६ सय २ र न्याय सम्पादन सहित कुल ५ हजार ७ सय ५२ मध्ये साउनमा ३ सय १७, भाद्रमा ३ सय, असोजमा ८८, कार्तिकमा १ सय २५ मंसिरमा १ सय ४८, पुषमा १ सय ८७, माघमा १ सय ५९, फागुनमा १ सय ६७, चैत्रमा २ सय ५६, बैशाखमा १ सय ५९, जेठमा ३ सय २७ र असारमा २ सय ६३ गरी कुल २ हजार ३ सय ९५ मुद्दा फर्छयौट भएको स्पष्ट पारे ।
आ.ब. २०७९÷८० मा नयाँ दर्ता भएका ३ हजार १ सय ५० मध्ये रिटतर्फ सर्वाधिक १ हजार ५१ मुद्दा रहयो । यस्तै व्यक्तीवादी देवानीका ९ सय ६६, सरकावादी फौजदारीका २ सय १२ र सुरु मुद्दा ७१ रहेको थियो ।
यस्तै सोही आर्थिक वर्षमा मेलमिलापका लागी १ सय ४२ मुद्दा पठाइएकामा ११ मात्रको मेलमिलाप हुन सकेको र मेलमिलाप हुन नसकेको संख्या १ सय २६ रहेको अदालतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ