News Category 2080/04/01
कठौना–पातो सडक खण्ड तीन दशकपछि कालोपत्रे हुँदै
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
सप्तरीको कठौना–पातो सडक खण्ड करिब तीन दशकपछि कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।
झण्डै २० किलो मिटर उक्त मार्ग आगामी असोज–कार्तिक महिना भित्र कालोपत्रे सम्पन्न हुने गरि कार्यको शुभारम्भ भएको छ ।
कालोपत्रे निर्माण कार्यको सोमबार एक कार्यक्रमबीच सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवले पुजापाठ गरी शुभारम्भ गरेका छन ।
सांसद यादव कै पहलमा संघिय सरकारबाट प्राप्त ७० करोड ४० लाख रुपैयाको बजेटबाट कान्छाराम कन्ट्रक्सन मार्फत उक्त निर्माण कार्य शूरु गरिएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका र रुपनी गाउँपालिकालाई प्रत्यक्ष रुपमा जोड्ने र यस क्षेत्रको आर्थिक चहल पहल बढाउन ठूलो मद्दत पु¥याउने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।
विगतमा केही मात्रामा ग्राभेल गरी छाडिदा अलपत्र अवस्थामा रहेको उक्त सडक खण्ड वर्षामा हिलाम्मे र सुख्खायाममा धुलोका कारण सर्वसाधारण कष्टकर र जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका थिए । वर्षायाममा त दर्जनौ खाल्डा खुल्डीका कारण सवारी आवागमन नै ठप्प हुने गरेको थियो ।
दुई वर्ष अघि सोही खडकखण्डमा वर्षाको समयमा हिडडुल गर्न कठिनाई भएको भन्दै स्थानियहरुले सडकमै धान रोपाई गरि बिरोध समेत जनाएका थिए । उनीहरुले बाटो निर्माण गर्न कसैले ध्यान नदिएको भन्दै उक्त बिरोध गरेका थिए ।
कालोपत्रे सुरुवाताको अवसरमा सांसद यादवले बाटो निर्माणले जनताको सास्ती छिट्टै अन्त्य हुने बताउँदै छिट्टै शम्भुनाथ, बनैनिया, पथ्थरगाढा र गाइघाट जोड्ने सडकको निर्माण कार्य पनि शुरु हुने जानकारी दिए ।
वर्षाै देखी उक्त सडक खण्ड जीर्ण भएका कारण सास्ती खेप्दै आएका यस भेगका जनता कालोपत्रे निर्माण कार्य शुरु भएपछी हर्षित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ