News Category 2080/04/01
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न चौथो पटक म्याद थपियो
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि हिरासतमा राख्न चौथो पटक म्याद थप गरिएको छ ।
उपप्रमुख यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख यादवलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो ।
सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्र अझै फरार छन् । उनको खोजी कार्य जारि रहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमारी कार्कीले जानकारी दिए ।
नेपाल र भारतको नागरिकता लिएको आरोपमा उपप्रमुख यादवले असार २० गते आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् । उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ