News Category 2080/04/02
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
सप्तरी प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिकास्थित एक घरमा भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।
वडा नं ५ कुशहा बजारस्थित राजकुमार साहको घरमा भारतबाट भन्सार छलेर ल्याइ भण्डारण गरेको अवस्थामा १२ लाख ५७ हजार १ सय ५० मुल्य बराबरको कपडा तथा अन्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गरिएका सामानहरुमा थानको कपडा, सर्ट र पाईन्टको कपडा, साडी, ब्लाउजको कपडा, तन्ना सिल प्याक, रेडिमेड सर्ट सिलप्याक, सल, भेष्ट, बच्चाको भेष्ट, खैनी, चिनी र बच्चाले लगाउने अन्य सानो साईजको कपडाहरु रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी अधिकृतको टोली र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले साहको घरमा छापा मारी सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरी टोली घरमा पुग्दा कोही व्यक्ति फेला नपरेकोले स्थानिय र जनप्रतिनिधी समेतको उपस्थितिमा घरको भुई तल्ला र पहिलो तल्लामा वेवारिसे अवस्थामा सामानहरु फेला परेको हो ।
फेला परेका समानहरु कानुनी रितपुर्वकको मुचुल्का खडा गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ